मधेस प्रदेशमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु
मिति: २०२३-०३-०५ , समय : १०:४५:४५ , गामघर डेस्क
मिति: २०२३-०३-०५ , समय : १०:४५:४५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशकाे धनुषा जिल्लामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा न.–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
साे दुर्घटनामा सख्त घाइते भएका ठाकुर र साहलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर, अस्पतालले उनीहरूलाई जनकपुरमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी गौतमले बताए ।
यता मृतक ठाकुर मोटरसाइकल चालक हुन् भने सुडी पछाडि सवार थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-०५ , समय : १०:४५:४५ , २ वर्ष अगाडि