मिथिलान्चलमा सूर्य भगवानको पूजा पाठ गरि महिलाको आईतबारै ब्रत शुरु

मिति: २०२३-११-२६ , समय : १७:३१:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । तराई मधेसका सन्तान प्राप्त गरेका महिलाहरुले आइतबारै ब्रत दिनकर सूर्य भगवानको पूजा पाठ सम्पन्न शुरु गरेकी छिन । यहाका महिला आइतबारे व्रत अर्थात दिनकरको पूजापाठ कार्यमा ब्यस्त रहेको थियो । निष्ठा एवम् सन्तानको दीर्घायूको कामना गर्दै महिलाले आइतबार व्रत सुरु गरेका हुन् । आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवम् चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरेको ब्रतालु पर्मिला यादवले बताउनुभयो ।
ब्रत लिँदा मार्ग (मङ्सिर) महिनाको शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गरिने बताउँदै उहाँले कम्तिमा एक वर्षसम्म ब्रत लिनुपर्ने बताउनुभयो । कुनै कारणले एक वर्ष पूरा गर्न नसकेको अवस्थामा १२ वटा आइतबार अवश्य व्रत लिएमा मनोकमना पूरा हुने उहाँले बताउनुभयो ।
केही महिलाले ६ महिनासम्म मात्र आइतबार ब्रत लिइ वैशाखमा समापन गरिन्छ । व्रतका दिन ब्रतालु महिला रातो कपडा, गरगहनामा सजिएर प्रसादलाई पोखरी तथा जलाशयमा अर्घ दिएका छन् । यस दिन गहुँको रोटी मात्र सेवन गर्ने, भोजन गर्नुभन्दा पहिले स्नानगरी शुद्ध रातो कपडा लगाएर ॐ सूर्य नमः मन्त्रको जप थोरैमा पाँच माला सके व्रतको अवधिभरि गरिरहनु पर्ने बताइएको छ ।
यसपछि आइतबारको व्रतकथा पढ्ने वा सुन्ने अनि सूर्यलाई रातो अक्षता, रातो फूल र दुबोको जलले नमः सहस्रकिरण ! सर्वव्याधिविनासिने । गृहाणार्घयं मया दत्तं सन्ध्या सहितो रवे मन्त्र पढ्दै अर्घ दिनुपर्ने मान्यता रहेको रामकुमार शास्त्रीले बताउनुभयो ।
आइतबारे व्रतमा केरा, ठेकुवा, सखर खिचडी तथा फलफुलसहितका सामग्री जलाशयमा लगेर पूजापाठ गरी दिनकर अर्थात सूर्य भगवानलाई अर्घ दिने गरिन्छ । अर्घ दिएपछि परिवारका सदस्यले प्रसाद ग्रहण गरिन्छ भने ब्रतालुले प्रसादसहित अरबा भोजन गरेकाे अर्का ब्रतालु राजविराज नगरपालिकाकि रमिला साहकाे भनाइ रहेको छ ।
फलफुल तथा यी सामग्रीलाई कलात्मक डालीमा सजाएर महिलाले सन्तानको दीर्घायु र घामपानीबाट कुनै असर नगर्नु भनेर दिनकरलाई अर्घ दिनेगरीन्छ । आइतबारे व्रतको तयारीमा यहा“का महिला शनिबार बिहानदेखि बजारमा किनमेलमा व्यस्त रहेका थिए । केरा, अग्रोतिवधि तथा फलफुल किन्नमा महिला व्यस्त रहेका थिए । आइतबार व्रत विवाहित महिलाले मात्र लिनेगरेका छन् ।

प्रकाशित मिति: २०२३-११-२६ , समय : १७:३१:५२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्