जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाइयो

मिति: २०२३-११-२६ , समय : १५:२१:४९ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस सप्तरी सहित मुलुकभरि मनाइएको छ । आज रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम जनमत पार्टीले सप्तरी सहित तराई मधेसको २३ वटा जिल्लामा यो दिनवस मनाइएको पार्टीले जनाएको छ । साेहि अवसरमा सप्तरीको सदरमुकाम राजविराजमा बृहत् जुलुस प्रदर्सन गरेको छ ।

२०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नेतृत्वमा विशाल सभामा गरेको थियो ।

सोही क्रममा रंगकै आधारमा नेपाल प्रहरीले ४ सय ६५ जनालाई गिरफ्तार गरेको थियो । त्यही बेलादेखि स्वतन्त्र मधेस गठबन्धन र हाल जनमत पार्टीले यो दिवसलाई हरेक वर्ष मंसिर १० गतेको दिनमा मनाउँदै आएको छ ।

रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भाव कायम गर्न रंगभेदविरूद्ध एकता दिवस मनाउँन प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा. राउतले संकल्प प्रस्ताव पनि दर्ता गराका छन् ।

प्रकाशित मिति: २०२३-११-२६ , समय : १५:२१:४९ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित