रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्धारा आन्दोलन घोषणा

मिति: २०२३-११-२५ , समय : २१:१५:१९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरी युथ नेपालले सरकारले घोषणा गरेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणतर्फ कुनै चासो नदेखाएको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

युथ नेपालको शनिबार बसेको बैठकले समिति गठन गर्दै आन्दोलन कार्यक्रमहरु घोषणा गरेको हो ।


साे बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन समिति समेत बनाइएको छ । गठित समितिकाे सदस्यहरुमा मुस्तकिम आलम, अनिल कुमार यादव, सुरज कुमार यादव, संजय कुमार साह, राकेश कुमार यादव, लालु ठाकुर, रोशन साह, श्याम माझी, ओम कर्ण र एकबाल हुसैन लगायतकाहरु रहेको छ ।

आन्दोलन अनुसार मंसिर १० गते आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने, ११ गते सोमबार ¥याली प्रदर्शन गर्ने, १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन गर्ने, १३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने र १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने लगायतका अान्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादव द्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।जारी विज्ञप्तिमा ‘यो आन्दोलन समग्र सप्तरीबासीको भएकाले यसमा सहयोग गरिदिनहुन जिल्लाका राजनीतिज्ञ, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, संचारकर्मीसहित सबैसँग हार्दिक अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २०२३-११-२५ , समय : २१:१५:१९ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित