सप्तरीको महादेवा गाउँपालिकाकाे ढिकुलीमा आगलागी हुदा लाखौंको क्षति
मिति: २०२३-११-२५ , समय : १६:१३:१४ , गामघर डेस्क
मिति: २०२३-११-२५ , समय : १६:१३:१४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा न.६ स्थित ढिकुली गाउँमा आगलागी भएको छ । स्थानीय रामचन्द्र मण्डल,सहसलाल मण्डल,पप्पु मण्डलको घरमा आगलागी भएको हो ।
गए राती पोने ११ बजे भएको आगलागीमा परि १२ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा मण्डलत्रयको ६ वटा घर पुर्ण रुपले जलेर नष्ट भएको पिडित रामचन्द्र मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीमा परी ,५वटा खसी,बोका, बाख्रा, १ वटा लैनो भैसी,पाडा, ५० हजार भारतीय रुपैयाँ , छ वटा घरमा आंशिक क्षति भएको छ। विधुत सर्ट भइ लागेको आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । आगो निभाउन स्थानीयबासी तुरुन्तै जुटेकोले थप क्षतिहुनबाट जोगिएको पिडित मण्डलले सञ्चारकर्मीलाई बताउनुभयो ।
प्रकाशित मिति: २०२३-११-२५ , समय : १६:१३:१४ , 1 year अगाडि