सप्तरीमा मेयरका प्रत्यासी उम्मेदवार दीपेन्द्र चौधरी बलात्कारको आरोपमा पक्राउ
मिति: २०२३-११-२४ , समय : २०:१३:१० , गामघर डेस्क
मिति: २०२३-११-२४ , समय : २०:१३:१० , गामघर डेस्क
गामघर डेस्क
सप्तरी । सप्तरीमा एकजना मेयर पदका प्रत्यासी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका दीपेन्द्र चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ परेका हुन् ।
स्थानीय ३५ वर्षीया महिलाले मेयरका प्रत्यासी चौधरीले आफूलाई बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई बलात्कार प्रयासको मुद्दामा पाँच दिनको म्याद थप गरी अन्य अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । उहाका अनुसार पीडित महिलाको घाउ जाँचसहित स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।
आरोपी चौधरी २०७८ वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार भई ४१४३ मत प्राप्त गर्दै निकट्तम प्रतिस्पर्धी भएका थिए । शम्भुनाथ नगरपालिकामा विजयी भएका मेयर जितेन्द्रप्रसाद गुप्ता यसअघि नै भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।
प्रकाशित मिति: २०२३-११-२४ , समय : २०:१३:१० , १ वर्ष अगाडि