काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प
मिति: २०२३-०३-०५ , समय : १०:१४:०६ , गामघर डेस्क
मिति: २०२३-०३-०५ , समय : १०:१४:०६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । काभ्रे केन्द्रबिन्दु भएर परकम्प गएको छ ।
काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ ।
बिहान काभ्रेमा गएको परकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०३-०५ , समय : १०:१४:०६ , २ वर्ष अगाडि