मधेस प्रदेश : दुई मोटरसाइकल ठोक्किँदा एकै वडाका तीन जनाको मृत्यु, एक जना गम्भीर घाइते
मिति: २०२३-११-२३ , समय : १०:२४:३७ , गामघर डेस्क
मिति: २०२३-११-२३ , समय : १०:२४:३७ , गामघर डेस्क
गामघर डेस्क
सिरहा ।
मधेस प्रदेशको सिरहा नगरपालिकामा पर्ने सन्हैठामा दुई मोटरसाइकलमा आपसमा ठोक्किँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
हुलाकी सडकमा पूर्वबाट पश्चिमतर्फ जांदै गरेको स २ प ४७३१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।
उक्त घटनामा तीन जनाको मृत्यु र एकजना घाइते भएको सिरहाका प्रहरी प्रवक्ता एव डिएसपी रविन्द्रराज पाण्डेले बताउनुभयो ।
उहाका अनुसार अर्नमा गाउँपालिका वडा न. ५ का २७ वर्षीय दिनेश कुमार यादव, ३२ वर्षीय रामबृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको छ । सोही ठाउँका १५ वर्षीय यूवराज कुमार यादव गम्भीर घाइते भएका छन्।
घाइते यूवराजको उपचार सिरहा प्रादेशिक अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल रेफर गरिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
को कुन मोटरसाइकलमा सवार रहेको कुरा खुल्न सकेको छैन् । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित मिति: २०२३-११-२३ , समय : १०:२४:३७ , १ वर्ष अगाडि