दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान– प्रदानसङै बृक्षारोपन
मिति: २०२३-११-१३ , समय : १५:३३:३३ , गामघर डेस्क
मिति: २०२३-११-१३ , समय : १५:३३:३३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय वोरियामा बृक्षारोपनको साथै दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान– प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा माध्यमिक विद्यालयका प्रधानध्यापक रामानन्द सुनरैत यादव, (शिक्षकहरु भोगिलाल साह,उमेश यादव तथा समाजसेवि दिपेश यादव, तराई मधेश महिला फण्डेशन नेपालका अध्यक्ष सुनिताले पर्यावरणलाई स्व्च्छ बनाउन बन जंगल मानव जिवनको आधार भन्ने मुल मन्त्रका साथ आ–आफना मनतव्य राखिएका थिए ।
यसै विच श्री आधारभुत विधालय वरहि बिरपुरमा दिपावलि तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान –प्रदानको साथै बृक्षा रोपन गरि कार्यक्रम सम्पन्न गरिएको छ।
विधालयका प्रधानध्यापक महेश्वर मेहता,छिन्नमस्ता गाउँपालिका वडा नम्बर –१ वडाध्यक्ष ललन प्रसाद यादव,वडा सदस्य गुलटेन यादव समाजसेवी दिपेश यादव र तराई मधेस महिला फाउन्डेशन नेपालका अध्यक्ष सुनिता साहले मनत्व्य सहित विधालयका विधार्थी भाइबहिनिहरुलाई बृक्षा रोपनको साथै दिपावलि तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान –प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको छ।
प्रकाशित मिति: २०२३-११-१३ , समय : १५:३३:३३ , 1 year अगाडि