नेकपा (माओवादी केन्द्र) महादेवाले १९ सुत्रिय ज्ञापन पत्र गाउपालिका अध्यक्ष मण्डललाई बुझाए

मिति: २०२३-११-०८ , समय : १९:४७:२० , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महादेवा गाउँ कमिटी सप्तरीले १९ सुत्रिय ज्ञापन पत्र गाउपालिकाका अध्यक्ष सुनिल कुमार मण्डललाई बुझाएको छ । सो ज्ञापन पत्रमा ३ महिने अभियानको क्रममा पार्टीले सुशासन र समृद्धीको लागि भ्रष्टाचार बिरुद्ध आन्दोलन अगाडी बढाएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
गाउपालिकाका अध्यक्ष मण्डललाई गापाको आ.व. ०७९/०८० को विषयगत आय,ब्यय उपलब्ध गराउन ,आ.व. ०८०/०८१ को गाउँ सभाबाट पारित वजेट विनियोजनको विवरण उपलब्ध गराउनको साथै सार्वजनिक गर्न समेत ज्ञापन पत्रमा मागं गरेको छ ।
यस्तै करार सेवामा कार्यरत कर्मचारीहरुलाई कार्यपालिकाको गाउँसभाको निर्णय बमोजिम निष्काशनलाई कुन प्रकृया अनुसार पुनः त्यसैलाई नियुक्ती गर्नुको कारण, तथा डोर हाजीरी कर्मचारीको विवरण उपलब्ध गराउन ,गाउँपालिका भित्रको सार्वजनिक पोखरी कतिवटा र त्यसमा ठेक्का पटा कति वटामा लागेको छ त्यसको विवरण उपलब्ध गराउन,गाउँपालिका भित्र मोटरसाईकल र चार पागे्र को को जिम्मा तथा आ.व. ०७९/०८० मा को कोले कति ईन्धन लिएको हो सोको विवरण उपलव्ध गराउन,गाउँपालिकाले आ.व. ०७९/०८० मा आर्थिक सहयोग प्रदानको सुची उपलब्ध गराउन, गाउँपालिका आ.व. ०७९/०८० भित्रको कृषि,स्वास्थ्य,शिक्षा,रोजगार,पशु,वन, लगायत विषयगत शाखाको गतिविधि सार्वजनिक गर्न हुन समेत ज्ञापन पत्रमा मागं गरेको छ ।
यसै गरी गाउँपालिका भित्रको सार्वजनिक जग्गा,सडक,बाटो,डगर,हाट,बजार,मठ,मन्दिर,मदर्सा,गोचरन,लगायतको अतिक्रमण मुक्त गर्न तर्फ यथासिध्र काम अगाडी बढाउन ,गाउँ कार्यपालिकाका कर्मचारीसग जोडिएको भ्रष्टाचार सम्बन्धित समाचारहरु प्रकाशन प्रसारण भएकाले त्यसको उचित छानवीन गरी भ्रष्टाचार रहित गापा बनाउन, पालिकाको उपाध्यक्ष,वडाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत दोहरो सुविधा लिनेलाई बन्द गर्नु पर्ने,गाउँपालिकामा अपाङ्गहरुको नामाबली विवरण उपलब्ध गराउन ,गाउँपालिकाबाट डीपीआर अहिलेसम्म कतिबटा भएको सोको विवरणको साथै डीपीआर अनुसार कति कामशुरु भयो सोको विवरण समेत उपलब्ध गराउन , गाउँपालिकामा दरबन्दि नभएको सह–लेखापाल र सातौ तहको स्वास्थ्य अधिकृतलाई यथासिध्र हटाउन , आ.ब.०८०/०८१ मा मोटरसाईकल,चार पाङग्रे गाडी कुन जनप्रतिनिधि र कर्मचारीले प्रयोग गरी रहेको नाम सहित उपलब्ध गराउन , आ.व. ०८०/०८१ मा गापा र वडा कार्यालयमा कुन कुन पदका कर्मचारी रहेको सोको नाम सहित उपलब्ध गराउन , आ.व. ०८०/०८१ मा गापाबाट भाडामा लिइको गाडीको संख्या,मासिक भाडा रकम लगायतको विवरण सहित उपलब्ध गराउन, आ.व. ०७९/०८० मा गाउपालिकामा पेश्की रकम लिएर फर्छौट नगर्नेहरुको नाम सहित उपलब्ध गराउन, आ.व. ०७९/०८० मा गापामा पेश्की रकम लिएर फर्छौट नगर्नेहरुको नाम सहितको विवरण उपलब्ध गराउन, गाउँपालिकामा जनताले पाउने सेवा प्रवाह लगायतको काम काज कम समयमा सरल,सहज,छिटौ,छरितो पाउनको साथै सबैलाई पाइक पर्ने ठाउँमा गापाको प्रशासनिक भवन निर्माण गर्न पहलकदमी अगाडी बढाउन समेत ज्ञापन पत्रमा जोडदार मागं गरेको छ । उपरोक्त मागं प्रति गापा अध्यक्ष मण्डलवाट गाउँपालिकामा सकारात्मक पहल नभएमा आन्दोलनको कार्यक्रम चरणवद्घ समेत धोषणा गर्ने बुझाएको ज्ञापन पत्रमा उल्लेख गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र) महादेवा गाउँ कमिटीको तर्फवाट गापाका अध्यक्ष पदका प्त्याशी उम्मेदवार दिपेन्द्र माझी, प्रेस सेन्टर नेपालको केन्द्रिय सल्लाहकार तथा प्रचार प्रसार विभागको सदस्य देवराम यादव,पुर्व जिल्ला सदस्य कृष्णदेव मण्डल,रामचन्द्र मण्डल,विधार्थी नेता रञ्जीत मण्डल, शत्रुधन प्रसाद यादव ,मो.सकुर,जय नारायण अधिकारी,भागवत साह,लगायतको सहभागीता रहेको थियो । सो अवसरमा गाउपालिकाका ६ वटै वडाका वडाअध्यक्षहरु जयश्वरकिशोर दास,जागेश्वर ईसर,रामकुमार यादव,जुगेश्वर साह,हरेराम मण्डल र गजेन्द्र मण्डल समेतको उपस्थिती रहेको थियोे ।

प्रकाशित मिति: २०२३-११-०८ , समय : १९:४७:२० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित