जाजरकोट र रुकुम पश्चिममा १० करोड रुपैयाँ पठाउने सरकारको निर्णय

मिति: २०२३-११-०४ , समय : १४:४०:०३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । सरकारले रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितलाई राहत तथा उद्धारको लागि तत्कालै १० करोड रुपैयाँ पठाउने निर्ण गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५/५ करोड रुपैयाका दरले रकम पठाउने निर्णय गरेको हो।

अहिलेलाई यो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पठाउने निर्णय भएको हो । रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : १४:४०:०३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित