काेशीमा मन्त्रिपरिषद् विस्तार : माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त

मिति: २०२३-११-०३ , समय : २०:३०:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज शुक्रवार नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले उप्रेती र जगेबुलाई मन्त्री बनाउनुभएको हो । एमालेले आफू र कांग्रेसका संसद्लाई मात्रै मन्त्री बनाउनुपर्ने माग गर्दै कांग्रेसबाहेकका अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको थियो । मन्त्रिपरिषद्‍मा गठबन्धनलाई भित्र्याएपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरिसकेको छ ।

प्रकाशित मिति: २०२३-११-०३ , समय : २०:३०:४३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित