जसपा नेपाल : चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाही गर्न छानबिन समितिकाे सिफारिस

मिति: २०२३-०३-०४ , समय : २२:००:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको छानबिन समितिले ८० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ ।

गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अन्तर्घात भएको भन्दै उजुरी परेपछि जसपाले शिवलाल थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले अध्यक्ष उपेन्द्र यादवलाई आज प्रतिवेदन बुझाएको हो ।

अन्तर्घातको आरोप लागेका एक सय ५२ जना नेता तथा कार्यकर्तासँग बयान लिएकोमा उनीहरूमध्ये ८० जनालाई कारबाही गर्न सिफारिश गरिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । छानबिन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : २२:००:३८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित