प्रतिष्ठान निर्माणको माग गर्दै अनशनमा पत्रकार महासंघको समर्थन, व्यावस्थापन भरपर्दो नहुँदा अनशनकारी विरामी हुदै
मिति: २०२३-१०-३१ , समय : २१:०५:११ , गामघर डेस्क
मिति: २०२३-१०-३१ , समय : २१:०५:११ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनको माग गर्दै स्थानीयबासीहरुले शुरु गरेको अनशनमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले समर्थन जनाएका छन् ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १० विरौलका स्थानीय समाजसेवी रामकुमार दासको नेतृत्वमा प्रतिष्ठानको निर्माणस्थमा थालिएकोे अनिश्चितकालीन अनशनका महासंघका अध्यक्ष श्रवण कुमार देव सहित टोली अनशन स्थल पुगी समर्थन जनाएका छन् ।
प्रतिष्ठानको काम तत्काल संचालन गर्न ५ सुत्रिय माँग राखि शुरु गरेको अनशनमा वस्ने सुत्ने लगायत सामग्री भरपर्दौ नहुदा अनशनकारी विरामी पर्न थालेका छन् । मंगलबार पत्रकार महासंघका टोली जादाँ दुई जना अनशनकारी विरामी भएर सलाईन पानी दिइरहका थिए । अनशनकारी वस्ने समान्य त्रिपाल र भुईमा पनि त्रिपालमा वस्ने वाध्य रहेकाले प्रत्येक दिन अनशनकारी विरामी हुने गरेको संयोजक दासले गुनासो गरे । अनशन शुरु गरेको दिन देखि विभिन्न माननिय, मन्त्री लगायत उच्चतहका व्याक्तिले समर्थन जनाए पनि व्यावस्थापन प्रति कसैले ध्यान नदिएको दासले गुनासो राखे । अनशन प्रति सप्तरी क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य सि.के. राउत, मधेश प्रदेश सरकारका शिक्षा मन्त्री महेश कुमार यादवले समर्थन जनाए पनि व्यावस्थापन प्रति कुनै चासो नदेखाएको दासले गुनासो पोखे ।
यता प्रतिष्ठान निमार्णमा राजविराज नगरपालिकाको पुर्ण अधिकार रहे पनि अनशन थाले पछि कुनै पनि जनप्रतिनिधी समर्थन र सहयोग नरहेको दासले गुनासो राखे । नगर प्रमुख वा वडाका समेत हाल सम्म कुनै पनि जनप्रतिनिधी अनशन स्थल नआएको दासले बताए ।
प्रतिष्ठानले घेरेको ६२ विघा जग्गा खाली भएको हुँदा टोलमा डर लाग्दो अवस्था सिर्जना भएको दासले बताए । सप्तरी सहित अन्य जिल्लाहरूको आर्थिक, सामाजिक शैक्षिक लगायतका बृहत हित गर्ने प्रतिष्ठानको कामकाज अविलम्ब चालू गर्नुपर्ने, नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट गठन आदेश बमोजिम गठित पुर्वधार विकास निर्माण समितिको म्याद थप गर्नुपर्ने, प्रतिष्ठानको अध्यक्ष लगायत कर्मचारीहरु तुरुन्त नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि तुरुन्त आबश्यक बजेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानको विस्तृत परियोजना प्रतिबेदन बमोजिम निर्माणलगायतका अन्य कामहरू अविलम्ब सुचारु गर्नुपर्ने माग राखी अनिश्चितकालीन अनशन सुरु गरेका छन् । राजविराज टुडेकाे फेसबुकवालबाट
प्रकाशित मिति: २०२३-१०-३१ , समय : २१:०५:११ , १ वर्ष अगाडि