मधेश प्रदेश : तीन लाख बराबरको पटाका बरामद

मिति: २०२३-१०-३१ , समय : २०:४८:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा ।
सिरहा प्रहरीले तीन लाख बराबरको पटाका बरामद गरेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ११ छपराडी लोकमार्ग स्थित बाटो छेउमा ५ वटा बोरा बेवारिसे अवस्थामा रहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले बरामद गरेको कोब्रा नामको पटाका ५ वटा प्लाष्टिकको बोरामा रहेकोमा सो पटाका अन्दाजी तीन लाख बराबरको रहेको प्रवक्ता रबिन्द्र राज पाण्डेले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-३१ , समय : २०:४८:२७ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित