प्रेम सम्बन्धका कारण प्रधानाध्यापक सर्राफको हत्या : दस जना प्रहरी नियन्त्रणमा
मिति: २०२३-१०-३१ , समय : १४:२६:३८ , गामघर डेस्क
मिति: २०२३-१०-३१ , समय : १४:२६:३८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
मधेस प्रदेशको बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रधानाध्यापक रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म दश जनालाई पक्राउ गरेकाे छ ।
घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । याे घटनामा अन्य थप दुई जनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले १० जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हिजाे साेमवार दिउँसाे मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि गोली प्रहार गरेका थिए । गाेली लागेर घाइते भएका सर्राफकाे उपचारका क्रममा वीरगञ्जकाे बयोधा अस्पतालमा ज्यान गएकाे थियाे ।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गएकाे साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल हुनुभएको थियाे ।
प्रकाशित मिति: २०२३-१०-३१ , समय : १४:२६:३८ , 1 year अगाडि