भारतको गुजरातमा गरबा नृत्यकाे क्रममा हृदयघात हुँदा १० जनाको मृत्युु
मिति: २०२३-१०-२३ , समय : १८:५८:२७ , गामघर डेस्क
मिति: २०२३-१०-२३ , समय : १८:५८:२७ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतको पश्चिमी राज्य गुजरातमा गरबा नृत्य कार्यक्रमका क्रममा हृदयघातका कारण १० जनाको ज्यान गएको छ ।
नवरात्रीको अष्टमीको राति गरबा नृत्य हुने गर्दछ । नृत्यकै क्रममा १० जनाको हृदयघातका कारण ज्यान गएको एनडीटीभी हिन्दीले जनाएको छ । मृतकहरू किशोर अवस्थादेखि मध्यम उमेरका व्यक्तिहरू छन् जसमा सबैभन्दा कम उमेरका एक १३ वर्षका किशोर रहेका छन् । २४ घण्टामा पाँच सय वटा एम्बुलेन्स बोलाउनुपरेको खबरमा उल्लेख छ ।
सरकारले गरबा नृत्य कार्यक्रममा ‘अलर्ट’ जारी गरेको छ र आयोजकलाई मानिसहरू अस्वस्थ भएमा अस्पतालमा लैजान एम्बुलेन्स उपलब्धतको सुनिश्चित गर्न भनेको छ । गरबाको परम्परागत गुजराती नृत्य नवरात्रि उत्सवको प्रमुख विशेषताहरू मध्ये एक हो, यो नृत्य नौ रातसम्म मनाइन्छ । गुजरात सरकारले सार्वजनिक अस्पताल र सामुदायिक स्वास्थ्य केन्द्रहरूलाई उच्च सतर्कतामा रहन सल्लाह दिएको छ ।
डाक्टरहरूले भक्तजनलाई केही समय नाचेपछि आराम गर्न र पुनः नाचलाई निरन्तरता दिन आग्रह गरेका छन् । एजेन्सी
प्रकाशित मिति: २०२३-१०-२३ , समय : १८:५८:२७ , १ वर्ष अगाडि