पाचौं मेयर गोल्डकप फुटवल प्रतियोगिताको उदघाटन : महोत्तरीको सानदार जीत
मिति: २०२३-१०-२३ , समय : ०८:४३:०९ , उमेश कुमार साह
मिति: २०२३-१०-२३ , समय : ०८:४३:०९ , उमेश कुमार साह
उमेश कुमार साह
राजविराज । सप्तरीको बोदे बर्साईन नगरपालिकाले आयोजना गरिएको पाँचौं मेयर गोल्डकप फुटवल प्रतियोगिताको एक कार्यक्रमको बीच उदघाटन भएको छ ।
आइतबार देखि आयोजना गरिएको वडादशैँ , दीपावली तथा छठ पर्वको उपलक्ष्यमा संचालित पाँचौं मेयर गोल्डकप प्रतियोगिता २०८० उद्घाटन भएको छ। पूर्व कृषि मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवको प्रमुख अतिथिमा आज आइतबारका दिन खेलको उद्घाटन भएको हो ।
पाँचौं मेयर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटनखेलमा खेलकुद समितिको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षता भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे । उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिहरुमा नेपाली काग्रेसका संविधान सभा सदस्य सुरेन्द्र प्रसाद यादव , बोदे बर्साईन नगरपालिकाका कार्यवाहक मेयर रेणु कुमारी साह , नगरपालिकाका जनप्रतिनिधि , वडा अध्यक्ष, जसपा नेपालकी महिला नेता डा.बबि सिंह यादव , ईलाका प्रहरी कार्यालय बोदे बारसाईनका प्रमुख प्रयाग चौलागाईं , सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख ,विभिन्न पार्टीका राजनैतिककर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमलाई सन्चालन गर्दै चन्द्रा नमूना मा बिधालयको शिक्षक जितेन्द्र प्रसाद गुप्ताले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो ।
उक्त प्रतियोगिताको उद्घाटनमा माउन्ट एभरेस्ट बो स्कुलका बिद्यार्थीहरु द्वारा दुइटै टिमका खेलाडीहरुलाई स्वागत गरेको थिए ।
आज भएको पहिलो चरणको उद्घाटन खेलमा बेङ्खाडी युवा क्लब महोत्तरी र आकाश गंगा युवा क्लब मुक्सार, सिरहा बीच भएको खेलमा महोत्तरीले ०१ का विरुद्ध ०७ गोलको अन्तरले महोत्तरी टिमले सानदार जित हात पार्न सफलभएको छ । सो खेलको उतकृस्ट खेलाडीको रुपमा महोत्तरी टिमका, जरसी नम्बर १० का खेलाडी रहेको थियो।
यो खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन विभिन्न नगरपालिका,जिल्ला , प्रदेश बाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर श्री चन्द्रा नमूना मा बिधालयको खेलमैदानमा देखिएका छन् ।
खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेको छ ।
खेलमैदान आसपास क्षेत्रमा विभिन्न भागबाट आएका मानिसहरु देशीविदेशी खेलाडीहरुको खेल हेर्न उत्सुकताका साथ जुटेको छन् ।
अाजको खेल न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र मोतीराजा युथ क्लब गाईघाट ,उदयपुरको बीच हुने कुरा खेल समितीका सल्लाहकार बिमल कुमार यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-१०-२३ , समय : ०८:४३:०९ , १ वर्ष अगाडि