पर्यटन बिकासको पर्खाईमा सप्तरीको हनुमाननगरकाे हनुमान मन्दिर

मिति: २०२३-१०-२२ , समय : १५:२८:०८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । प्राचिन मिथिला समयमा रिषीमुनी, तपस्वी, ज्ञानी, श्रद्धालुको कोशीमा महास्नान पछि बिश्राम गर्ने हनुमाननगरमा रहेको दावी गरिए अनुसार विश्वकै एकमात्र कालो हनुमान प्रतिमा रहेको मंदिरलाई सिद्धि र संकट निवारण धार्मिक पर्यटनस्थलको रुपमा लिईन्छ । कोशी स्नान पछि हनुमानजीले समेत यसै हनुमाननगरमा दर्शन दिएको र मिथिलाको विलय पछि धेरै वर्ष सम्म हनुमानजीको बालरुपी कालो मुर्ति पनि गर्भमै रहेको विश्वास गरिन्छ ! धेरै पछि एक तपस्वी सिद्धी पुरुष त्यसै स्थानमा वास बस्दा सपनामा हनुमानजीले मेरो बालसुलभ कालो स्वरुप सहितको मुर्ति यसै भुमिमा रहेको छ र यसलाई निकाली पुजा गर्नु भनेकाले खोज्दा साक्षात मुर्ती भेटिएको हो र अहिले पनि यसलाई मानिस सिद्धी र संकट निवारण हनुमानका रुपमा पुजा गर्ने गरेको छ भने यसैको नामले यस ठाउँको नामाकंन पनि हनुमाननगर गरिएको हुनसक्ने स्थानियको भनाई रहेको छ । स्तीत्वको यकिन वर्ष नरहे पनि सयौं हजारौं वर्ष हुनसक्ने अनुमान गर्ने गरिन्छ । कालो स्वरुप हनुमानको महिमा बिभिन्न धार्मिक ग्रन्थहरुमा समेत रहेको पाईन्छ ।
त्यसैले धार्मिक पर्यटन बिकासको लागि यसको प्रबर्द्धन तथा संरक्षण र सम्बर्धण जरुरी छ । जय सियाराम ! जय हनुमान ! हनुमाननगर सन्देश साप्ताहिकमा राजेन्द्र मिश्रले लेखेको समाचार हाे ।

प्रकाशित मिति: २०२३-१०-२२ , समय : १५:२८:०८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित