सप्तरीको राजरंगशालामा सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव आयोजना हुने

मिति: २०२३-१०-२१ , समय : १३:३८:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीकाे सदरमुकाम राजविराजस्थित राजरंगशालामा कात्तिक ११ गतेदेखि सप्तरी युथ नेपालको आयोजनामा सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव आयोजना हुने भएको छ ।

उक्त महोत्सवमा देश तथा बिदेशका नामुद कलाकारहरुले कला र संस्कृति प्रस्तुत गर्ने सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादवले जानकारी दिए । उनका अनुसार राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरु कमल खत्री, प्रीति पासवान लगायतको आगमन हुनेछ । त्यस्तै, भोजपुरी सिनेमाका स्टार कलाकार अक्षरा सिंह समेतको आगमन हुने बताइएको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै उपाध्यक्ष यादवले मेला भव्य र सभ्य रुपमा सम्पन्न गराउन सम्पुर्ण जिल्लावासीले साथ र सहयोग गर्नुपर्ने बताए । एक लाखभन्दा बढी संख्यामा सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव कार्तिक २६ गतेसम्म चल्ने उपाध्यक्ष यादवले बताए ।आयोजना गरिएको महोत्सवमा करिब ५ करोड रुपैयाँको कारोबार हुने आयोजक संस्थाले जानकार दिए ।

महोत्सवको तीव्ररुपमा तयारी भइरहेको आयोजक संस्थाले बताउँदै यसपटकको महोत्सवमा पासको व्यवस्था नरहने जानकारी समेत दिएको छ।मेला भ्रमण गर्न आउनेहरुका लागी ५० रुपैयाँको टिकट दिने व्यवस्था गरिएको छ ।

सांस्कृतिक, पर्यटन, कृषि र व्यापारिक महत्त्व बोकेको करिब ३० वटा स्टल रहने,सेल्फी स्पोट रहने,प्रत्येक दिन दिउँसो दुई बजेदेखि सांस्कृतिक कार्यक्रम प्रदर्सन हुने आयोजकले बताइएको छ । त्यसैगरी,महोत्सवलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गराउन स्थानीय प्रशासनको सहयोगमा व्यापक सुरक्षाकर्मीहरु तैनाथ गरिनेछ । जसमा करिब १५ वटा टोलीको व्यवस्थापन गरिने छ ।

उक्त महोत्सव सप्तरी युथको आयोजना र राजविराज नगरपालिकाको सहकार्य र नेपाल उद्योग वाणिज्य संघ सप्तरीको सहयोगमा आयोजना हुन लागेको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-२१ , समय : १३:३८:२६ , १ वर्ष अगाडि