आज फूलपाती : सप्तरीको सखडा सहित मधेस प्रदेशका मठ मन्दिरमा भक्तजनहरुकाे भिड

मिति: २०२३-१०-२१ , समय : ०९:३०:०९ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

राजविराज । आज दशैँको फूलपाती । देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ ।

घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । यस्तै साेहि अवसरमा नेपालको प्रसिद्ध सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित सखडाकाे सखडेश्वरि मन्दिरमा बिहानैदेखि हजारौं भक्तजनहरुकाे पुजाअाजा तथा दर्शन गर्नेहरूको भिड लागेको छ । साे मन्दिरमा नेपालकाे विभिन्न स्थानका साथै छिमेकी भारतकाे विभिन्न स्थानबाट समेत दशैकाे अवसरमा मन्दिरमा पुजापाठ तथा बलि प्रदान गर्नकाे लागि भक्तजनहरुकाे भिड लागेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो । यसेगरि सप्तरीको विभिन्न नगरपालिका गाउपालिकाका साथै मधेस प्रदेशका विभिन्न ग्रामीण भेगहरुमा समेत वडा दशैकाे अवसरमा दुर्गा भगवतीकाे कलात्मक मुर्ति निर्माण गरि दशै भरि भव्य मेलाकाे अायाेजना गरि दशै मनाउने गरेको छ । साेहि अवसरमा सप्तरीको बाेदे बरसाइन नगरपालिका, डाक्नेश्वरि नगरपालिकाकाे पाताे बजार , छिन्नमस्ताकाे सखडाका साथै बरहि बिरपुरमा समेत भव्य कलात्मक मुर्ति स्थापना गरि विभिन्न नाच , गान तथा सास्कृतिक कार्यक्रमहरु अायाेजना गरि दशै पर्व मनाउँदै छन । यस्तै आज हनुमानढोका दरबारमा रहेको दशैँ घरमा पनि फूलपाती भित्र्याइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ ।

नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ । आज किसानले खेतमा गइ चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।

प्रकाशित मिति: २०२३-१०-२१ , समय : ०९:३०:०९ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित