काठमाडौंकाे रत्नपार्कमा खुल्लेअाम यौन व्यवसायी : केटाहरु देख्ने बित्तिकै भन्छन, जाने हो ….?
प्रहरी प्रशासन मुखदर्शक किन......?
मिति: २०२३-१०-१९ , समय : १७:२२:५२ , शुभ नारायण यादब
मिति: २०२३-१०-१९ , समय : १७:२२:५२ , शुभ नारायण यादब
शुभ नारायण यादब
काठमाडौं ।
रत्नपार्क काठमाण्डौको मुटु भिड धेरै हुने ठाउँ चारै तिरको मान्छेहरु जम्मा हुने ठाउँ, बजार ब्यबसाय बाक्लो, अनेक थरिका मान्छे भेट हुने ठाउँ, जस्ता पनि मान्छे भेट हुने थलो रत्नपार्क, युवा र युवतीको जमात बढी हुने ठाउँ, भिडमा केहि युवाहरु ।
सधै उभिएका देखिन्छन्, बारमा छोटा कपडा लगाएका युवतीहरु पनि कसैलाई पर्खिरहे झैं उभिएका देखिन्छन् । रत्नपार्कमा यी उभिने र पर्खिनेहरु यौनकर्मी हुन् । यहाँ निर्वाध रुपमा यौनकर्म भइरहे पनि प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन ।
यहाँ उभिने यौनकर्मीहरु संगै उभिएका पुरुषलाई ‘जाने हो’ भनेर मोलमोलाई सुरु गर्छन् । १ हजारदेखि १ हजार ५ सयसम्म मोल टुंगो लाग्छ । अनि महिला अघिअघि पुरुष पछि पछि लागेर विद्युत् प्राधिकरणको भवन पछाडिको गेष्ट हाउस पुग्छन् । यहाँ दुई वटा गेष्ट हाउसमा यौनकर्मीहरुलाई कोठा दिइन्छ ।
१ घण्टाका लागि भनेर लगिएका ग्राहकहरु १० मिनेटमै फर्कछन् । यी दुवै गेष्टहाउसको काउण्टरमा महिला बसेका देखिन्छन् । तर यहाँ बेला बेलामा प्रहरी गाडी लिएर लखेट्न आउछ । प्रहरीले सिटी बजाउदै यौ’नकर्मीहरुलाई धपाउछ पनि । यौनकर्मीहरु भाग्छन् । प्रहरी बाटो लागेपछि फेरी उनीहरुको धन्दा सुरु हुन्छ ।
बेला बेलामा प्रहरीले गाडीबाट ओर्लेर यौनकर्मीहरु लखेट्ने पनि गरेको छ । उभिएका पुरुषहरु पनि भाग्छन् । उभिएको अवस्थामा भेटिए उनीहरुलाई प्रहरी थर्काएर पठाउछ । तर यौनकर्मीहरुको रजगज रोकिएको छैन । मलुकुी अपराध संहिता, २०७४ ले यसरी यौन धन्दा गर्न बन्देज लगाएको छ ।
तर कानून विपरित निर्वाध रुपमा यौ’नकर्मीहरुको रजगज जारी छ ।रत्नपार्कमा भेटिएकी यौ’नकर्मीले रत्नपार्कमा बसेर यौनकर्म गर्ने युवतीहरुलाई कोठा दिने गेष्टहाउसले प्रहरीसँग मिलेमतो गरेर कोठी चलाइरहेको आरोप लगाइन् । उनले भनिन्,‘गोष्टहाउसवालाले पैसा खुवाएको हुन्छ । हामीलाई रत्नपार्कबाट लखेट्ने मात्रै हो ।
गेष्टहाउस पुगेपछि प्रहरीले पक्राउ गर्दैन ।’ काठमाडौं महानगरले आफ्नै आँगनअगाडि यौनकर्मीहरुले यौनलीला गरिरहे पनि मौन बसेको छ । मलुकुी अपराध संहिता, २०७४ को दफा १ सय २० मा वे’श्याबृत्ति वा वे’श्यागमनका लागि घर, जग्गा प्रयोग गर्न नहुने उल्लेख छ ।
यदि कसैले वेश्यावृत्ती वा वे’श्यागमनको लागि जानीजानी आफ्नो घर, जग्गा, सवारी साधन प्रयोग गर्न दिए मुलुकी अपराध संहिता २०७४को (२) उपदफा (१) बमोजिम छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरीबाना वा दवुै सजाय हुने उल्लेख छ । तर पनि सङ्घिय राजधानी काठमाडौंकाे रत्नपार्कमा पछिल्लोपटक फष्टाउदे गरेको यौन व्यवसायी नियन्त्रण गर्नमा स्थानीय प्रहरी प्रशासन समेत असफल भएको छ। प्रहरी अाउदा यौनकर्मिहरु भगाभाग हुन्छ , फेरि प्रहरी गएपछि फेरि यौन व्यवसायीहरु अाफनाे धन्दामा लागिपरेको अवस्था हेर्न सकिन्छ , रत्नपार्कमा । सङ्घिय राजधानी काठमाडौंकाे रत्नपार्क मात्र हाेइन , पछिल्लोपटक काठमाडौंकाे गाेशाला , काेटेश्वर , बसपार्क , ग्वार्काे , ठमेल लगायतका स्थानहरुमा समेत खुल्लेअाम यौन व्यवसायी हुदै अाएकाे स्थानीय नागरिक अगुवाहरुकाे भनाइ रहेको छ । तर यस्ताे कार्यलाई नियन्त्रण गर्नेतर्फ अहिलेसम्म कुनै पनि सम्बन्धित निकायले ध्यान नदिएको अाराेप नागरिक अगुवाहरुकाे रहेको छ ।
यसतर्फ समयमै नेपाल सरकार तथा सम्बन्धित निकायकाे ध्यान जानू जरुरी छ ।
प्रकाशित मिति: २०२३-१०-१९ , समय : १७:२२:५२ , १ वर्ष अगाडि