जनमत पार्टीका कार्यकर्ताद्वारा पत्रकार साहमाथि हातपात , पत्रकार महासंघद्वारा भत्सर्ना

मिति: २०२३-१०-१८ , समय : १९:२४:२१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता पत्रकारमाथि हातपातमा उत्रिएका छन्। जनमतका स्थानीय कार्यकर्ताहरु अमरेन्द्र यादव र अनिल यादवले बुधवार रेडियो नेपालका सप्तरी सम्वाददाता सञ्जिवविक्रम साहमाथि हातपात गरेका हुन। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा स्थानीयले सुरु गरेको प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका पत्रकार साहलाई जनमतका कार्यकर्ताले टार्गेट गरेरै आक्रमण गरेका हुन। पोखरी ठेक्काको सम्वन्धमा स्थानीयले नगरपालिका विरुद्ध प्रदर्शन गरिरहेका छन्। नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत रहेका साह माथि भएको आक्रमणको महासंघ सप्तरी शाखाले भत्सर्ना गरेको छ। प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउने राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद भएको महासंघले जनाएको छ। ‘रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको हामी घोर भत्सर्ना गर्दछौं । यो घट्नाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको हाम्रो ठहर छ’ महासंघले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘पत्रकार साहमाथि हातपात गर्ने दुबैलाई कानुन बमोजिम कार्वाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं । कार्वाही नगरिए हामी आन्दोलनमा उत्रने जानकारी गराउँदछौं ।’

प्रकाशित मिति: २०२३-१०-१८ , समय : १९:२४:२१ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित