आर्या कम्पनीको ‘ल्यासोमिन’ सिरपमा लेदो र किरा फेला परेपछि ….

मिति: २०२३-१०-१७ , समय : २०:४०:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेश प्रदेशको बारा जिल्लाबाट औषधी उत्पादन गर्दै आएको आर्या कम्पनीको औषधीमा लेदो र किरा फेला परेको छ । औषधी उत्पादन गर्ने कम्पनीले बिरामीहरुको स्वास्थ्यसंग खेलवाड गरि रहेको रहस्य बाहिरिएको छ ।

मधेश प्रदेशको बारा जिल्लाको छातापिपरामा अवस्थित कम्पनीको ‘ल्यासोमिन’ सिरपमा सेतो लेदो र किरा फेला परेको हो । धनुषाको बटेश्वर गाउँपालिका बस्ने अरुण सिंहले औषधी पसलबाट खरिद गरेको सिल प्याक ‘ल्यासोमिन’ सिरपमा लेदो र किरा फेला परेको हो । स्थानीय औषधी पसलबाट खरिद गरेको सिल प्याक अवस्थामा रहेको औषधी विरामी छोरालाई खुवाउन पकेट खोल्दा बोतलभित्र शंकास्पद वस्तु फेला परेको हो । औषधीमा सेतो लेदो र किरा देख्दा स्थानियहरुले औषधी पसलमा खबर गरेका थिए । खबर गर्दा औषधी पसलले आफुले उत्पादन नगरेको र कम्पनीको गलती भएको बताए ।
सिल प्याक अवस्थामा रहेको लायोसोमिन सिरपको उत्पादन मिति मार्च २०२३ बोतलमा उल्लेख छ ।

म्याद सकिने मिति अगस्ट २०२४ उल्लेख रहेको बोतलको ब्याच नम्बर एफ एल एस एल ९००४३ रहेको छ । औषधीमा लेदो र किरा परेको बारेमा कम्पनीका म्यानेजर दिपेन्द्र झालाई जानकारी गराउँदा औषधीमा लेदो र किरा भेटिनु सामान्य कुरा भएको बताए । उनले भने ‘यो मेरो कम्पनीमा मात्रै हैन अन्य कम्पनीमा समेत यस्तो समस्या आई रहन्छ। तपाइलाई हाम्रो कम्पनीको औषधी मन नपरे नकिन्नुस’ भन्दै धम्कीपूर्ण तरिकाले गैरजिम्मेवारी जवाफ दिएका छन् ।टुडेपाटीबाट

प्रकाशित मिति: २०२३-१०-१७ , समय : २०:४०:३२ , १ वर्ष अगाडि