कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो : मुख्यमन्त्री कार्की

मिति: २०२३-१०-१६ , समय : ०५:४८:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताउनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा हिजो पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशमा मध्यावधि चुनाव हुने सम्भावना सरकार गठनसँगै टरेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद एवम् वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै पक्षसँग सहमति कायम गरेर आफू काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति: २०२३-१०-१६ , समय : ०५:४८:५२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित