सप्तरीको कञ्चनरुपमा नेकपा (माओवादी केन्द्र) काे नगरस्तरीय अगुवा कार्यकर्ता भेला
मिति: २०२३-१०-१४ , समय : १९:४६:५२ , गामघर डेस्क
मिति: २०२३-१०-१४ , समय : १९:४६:५२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजनामा नगर स्तरीय अगुवा कार्यकर्ता भेला तथा बैठक कञ्चनपुरको बैरियरमा शनिवार सम्पन्न गरेका छन । सो भेला तथा बैठक नेकपा (माओवादी केन्द्र)कञ्चनरुप नगरपालिकामा अगुवा कार्यकर्ता भेला तथा बैठक सत्य नारायण चौधरी अध्यक्षता तथा माओवादी केन्द्रका पुर्व मधेस प्रदेश कमिटी सदस्य छेदी रजक(विमल)को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सो कार्यक्रममा,पुरानो महिला नेतृ सरस्वती चौधरी, प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार तथा प्रकाशन,प्रसारण विभागका सदस्य देवराम यादव,पुर्व जि.स.तथा प्रदेश सभाका प्रत्यासि उम्मेदवार बेचन प्रसाद चौधरी ,पुर्व जिल्ला सदस्यहरु राजु यादव,देव नारायण चौधरी,कपिल सरदार,योगेन्द्र यादव,जित बहादुर वि.क.लगायतले पार्टीको ३ महिने अभियान सफल पार्न आ आफनो शुभ कामना मन्तब्य दिएका थिए ।
सो अवसरमा नगर अभियान टोलीमा सत्य नारायण चौधरी (संयोजक) ,योगेन्द्र यादव (सह–संयोजक), राजेन्द्र यादव(राजु),देव नारायण चैाधरी,दुली यादव,बौवालाल चौधरी,मनोज चौधरी,कुलेश्वर सरदार,सिताराम चौधरी,जित बहादुर विश्वकर्मा,दयाराम चौधरी,उमेश प्रसाद चौधरी,फुली दास चौधरी,कुशेश्वर राउत,जोगेन्द्र चौधरी लगायत सदस्य रहेका छन । सोही भेलाबाट मनोज चौधरीको संयोजकत्वमा प्रचार प्रसार समिति र सिताराम चौधरीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।
प्रकाशित मिति: २०२३-१०-१४ , समय : १९:४६:५२ , १ वर्ष अगाडि