सप्तरीको छिन्नमस्ता स्थित सखडामा दसैँमा दश लाख भक्तजन आउने आकलन, दसैँभरि सुरक्षा व्यवस्था कडा

मिति: २०२३-१०-१४ , समय : १६:४३:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.३ स्थित प्रसिद्ध छिन्नमस्ता (सखडा)शक्तिपीठमा दसैँको लागि भव्य तयारी गरिएको छ । यसपालिको दसैँमा नेपाल तथा भारतको विभिन्न ठाउँबाट करिब १० लाख भक्तजन आउने आकंलन मन्दिर समितिले गरेको छ । त्यसै अनुरुप पहिलादेखि अझै व्यवस्थित ढंगले तयारी गरिरहेको जनाइएको छ ।

दशैंलाई भव्य तथा शान्ति पुर्ण रुपले सम्पन्न गर्ने उद्देश्यले शुक्रबार मन्दिर समिती र स्थानीय पालिका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, उप प्रमुख, सशस्त्र प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालय लगायत स्थानीय बुद्धिजीवी, नेता तथा स्थानीयसँग विशेष छलफल गरिएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।

दशैंभरि मन्दिर आसपासमा साँझ ७ बजेदेखि वितरणमा रोक लगाउने निर्णय गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
‘कोरोनाले गर्दा गत ३/४ वर्ष भक्तजनको संख्यामा केही कमी आएको थियो तर यसपाली दश लाख भक्तजन आउने हामीहरुको अनुमान छ’, अध्यक्ष चौधरीले भने,‘त्यसैले यसपाली कडा सुरक्षा व्यवस्था, मन्दिरमा एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाएका छौं ।’

उनले सबैसँग दशैँमा सखडा आएर पुजापाठ गर्न तथा घुम्न आउन आग्रह गरेका छन् । मन्दिरको मुल गेट अगाडि साँझ हुने गरेको गंगा आरतीमा समेत सहभागी हुन आग्रह गरेका छन् । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-१०-१४ , समय : १६:४३:२२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्