सप्तरीमा खुल्लेअाम यौन व्यवसायी फस्टाउँदै… यौन व्यवसायबाट आवश्यकता पुरा गर्दै महिलाहरु ,प्रहरी प्रशासन मुखदर्शक
मिति: २०२३-१०-१३ , समय : १६:१४:४२ , शुभ नारायण यादब
मिति: २०२३-१०-१३ , समय : १६:१४:४२ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका – ६ मा डेरा गरि बस्ने सोनी (नाम परिवर्तन) बिगत पाँच वर्षदेखि यौन व्यवसायमा संलग्न रहेका छन् । एक छोरी र एक छोराकी आमा रहेकी सोनीकी परिवार यौन व्यवसायबाट आएको आम्दानीबाटै चल्दै आएको छ । पाँच वर्ष अघि सोनी सहित दुई सन्तानलाई पतिले छोडेर अर्कै विवाह गरेर गएपछि उनीहरुको पालन पोषणको लागि यौन व्यवसाय अपनाएकी हुन् ।शिक्षा र सम्पत्ति नभएकोले जिविकोपार्जन गर्ने अर्को विकल्प नभएपछि उनीले यौन पेशा अपनाएकी हुन् । उनीले भनिन्– “पढे लेखेकी छुइन । छोरा छोरीलाई पालन पोषण गर्ने कुनै विकल्प थिएन । कोही साहारा नभएपछि यो पेशा अपनाउन बाध्य भएकी छु ।”उनी २ सय देखि १ हजार सम्म लिएर यौन व्यवसायी गर्दै आएकी छिन ।
यो पेशाबाट आर्थिक स्थिति ठिक ठिकै भएपनि शारीरिक, मान्सिक र सामाजिक रुपमा कठिनाई हुँदै आएको उनीको धारणा रहेको छ । उनीले आफ्नो पेशाको बारेमा कसैलाई जानकारी नदिएपनि भित्र भित्रै थाहा पाएर कुरा काट्नेहरु प्रशस्त रहेको बताईन् । कुरा काट्ने धेरै छन् सहयोग गर्ने कोही छैनन्, उनीले दुखेसो पोखिन् । आफूले नपढेरै दुःख पाएर यो स्थितिसम्म पुग्नु परेकोले आफूले जति कष्ट उठाएर पनि छोरा छोरीलाई लालन पालन गर्दै आएको बताइन् ।सोही ठाउँमा कक्षा दशमा अध्ययनरत संजु (नाम परिवर्तन) तीन वर्षदेखि यौन पेशामा आवद्ध छिन् । सानैमा बाबु गुमाएकी संजुको आमाले उसको आवश्यकता पुरा गर्न नसकेपछि यो पेशामा आवद्ध भएको बताइन् ।
खान लगाउन र पढाई खर्च जुटाउँन आफूले यो व्यवसाय थालेको उनको भनाई रहेको छ । यो व्यवसायमा हरेक कामको सेडयुल अनुसार भ्याउन सकिने भएकोले यो पेशा संलग्न हुन बाध्य भइन् । आफू यो व्यवसायमा आवद्ध रहेको नजिकको छर छिमेकीलाई थाहा रहेपनि उनीहरुले मतलब नगरेको बताईन । हरेक किसिमको सेवाग्राहीलाई सेवा दिन एकदमै कठिनाई हुँदै आएको बताउँदै उनीले भनिन्– ‘‘के गर्नु बाँच्न र आवश्यकता पुरा गर्न अर्को बिकल्प केही छैन् ।
कमजोर आर्थिक अवस्थाका कारण परिवारको आवश्यकता पुरा गर्न महिलाहरु यौन कार्यलाई पेशाको रुपमा अपनाएको पाइन्छ । हालै गरिएको एक अध्ययन अनुसार सप्तरीमा करिब २ सयको हाराहारीमा महिला यौनकर्मी सक्रिय यौन पेशामा रहेका छन् । सबैभन्दा बढी राजविराजमा करिब एक सय जना महिला यौनकर्मी रहेका छन् । त्यस्तै जिल्लाकै रुपनी, कंचनपुर, फत्तेपुर, भारदह लगायतका ठाउँहरुका मात्र यो डाटा हो । यस बाहेक अरु ठाउँमा पनि यस जिल्लामा यौनकर्मी हुन सक्ने अनुमान रहेको छ ।
यौन कार्यलाई पेशाको रुपमा अंगाल्ने महिलाहरु मध्ये सबैभन्दा बढी २० देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । अविवाहित भन्दा विवाहिता महिलाहरु नै यो पेशामा संलग्न रहेको इन्द्रेनी सेवा समाजका संयोजक शिवकुमार नायकले बताउनुभयो ।कतिपयले आफ्नो इच्छा पुरा गर्न पहिलो पटक सम्पर्कमा आएपछि पैसा पनि पाएकाले बिना मेहनत नै बढी आम्दानी हुने देखेर यौन कार्यलाई पेशाकै रुपमा अपनाएको पाइन्छ ।
सप्तरी भएर जाने पूर्व पश्चिम लोकमार्गको प्रमुख बजारहरुमा महिला यौनकर्मीहरुको संख्या बढ्दै गएको छ । सप्तरीस्थित प्रमुख बजारहरुमा मात्र नभई अन्य जिल्लामा समेत यौनकर्मी महिलाहरु बढ्दै गएको पाईन्छ ।त्यसमा पनि अहिले खासगरी श्रीमान बेदैशिक शिलशिलामा रहेका अधिकांश महिलाहरु राजविराजमा आएर यौन व्यवसायी संचालन गर्दै आएको श्रोतबाट बुझिएको छ । श्रोतका अनुसार खडेरी र बेरोजगारीका कारण यहाँका अधिकांश पुरुषहरु वेदैशिक रोजगारको शिलशिलामा मलेसिया,दुबई,कतार लगायतका खाँडी मुलुकहरु गएका श्रीमतिहरु यौन व्यवसायी गराउँन सदरमुकाम राजविराजका साथै छिमेकी जिल्ला सिरहाको लहान सम्म पुग्ने गरेको छ ।
रात्तमा भन्दा अहिले दिनमा यहाँका लँज तथा रेष्टुरेन्टहरु बढी संचालन भईरहेका छन सप्तरी सदरमुकाम राजविराज स्थित करिब आधा दर्जन लाज र रेष्टुरेन्टहरु यौन व्यवसायी पैशाबाटै संचालनमा रहेको छ । विगत केही समय यता जिल्लामा बढदो यौन व्यवसायी कार्य रोक्नका लागि स्थानीय प्रहरी प्रशासन मौन रहेको आरोप स्थानीय जानकारहरुको रहेको छ ।
प्रकाशित मिति: २०२३-१०-१३ , समय : १६:१४:४२ , १ वर्ष अगाडि