कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आव्हान

मिति: २०२३-१०-०७ , समय : २१:४१:१३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आव्हान गर्नुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर सरकार गठनको आव्हान गर्नुभएको हो ।

यो प्रदेश सभामा सरकार गठनको अन्तिम संबैधानिक विकल्प हो । यो व्यवस्था अनुसार र प्रदेश सभामा बहुमत जुटाउन सक्ने सांसदले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सक्नेछन् । बहुमत जुटाउने सांसदले आउँदो शुक्रवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्नुपर्नेछ ।

कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । गठबन्धनसँग स्पष्ट बहुमत छ । एमालेका ४० सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन् । यसअघि राप्रपाले एमालेलाई समर्थन गरेको थियो ।

प्रकाशित मिति: २०२३-१०-०७ , समय : २१:४१:१३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित