जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच वर्षमा झण्डै एक करोड बालबालिका विस्थापित
मिति: २०२३-१०-०७ , समय : ०७:०५:२८ , गामघर डेस्क
मिति: २०२३-१०-०७ , समय : ०७:०५:२८ , गामघर डेस्क
गामघर डेस्क
फिलिपिन्स ।
जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ ।
सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका छन् । फिलिपिन्समा बर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेका छन् ।
विपद्का बेला विस्थापित हुँदा सबैभन्दा जोखिममा बालबालिका पर्ने गरेका युनिसेफले जनाएको छ । फिलिपिन्सका लागि युनिसेफका प्रतिनिधि ओयुनसाइखान डेन्डेभनोरोभले जोखिममा रहेका बालबालिकाको संरक्षण र विस्थापितलाई सहयोग गर्ने प्रयासलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
फिलिपिन्समा आउँदो ३० वर्षमा आँधीबेहरीका कारण थप २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान गरिएको छ ।
प्रकाशित मिति: २०२३-१०-०७ , समय : ०७:०५:२८ , १ वर्ष अगाडि