ढिलो भएपनि सप्तरीको महादेवा गापामा आठौ गाउँ सभा सम्पन्न

मिति: २०२३-१०-०६ , समय : ०६:२८:१७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिकाले विहीवार आठौ गाउँ सभा एक समारोह विच सम्पन्न गरेको छ । पालिकाले स्वच्छ समाजको मुल आधार ,शिक्षा,कृषि,तथा भौतिक विकाश एवम स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ आठौ गाउँ सभा सम्पन्न गरेको हो ।
महादेवा गााउपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक वर्ष २०८०÷०८१ मा पालिका अध्यक्ष सुनिल कुमार मण्डलले ६ वटै वडामा ८० लाखको दरले वजेट विनियोजन गरेको छ भने कार्यक्रम सञ्चालन खर्च विषयगत शाखाको कार्यक्रम,प्रशासनिक,अति आवश्यक योजना,कर्मचारीहरुको तलव,भक्ता,लगायत अन्य खर्च वापत ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँ वजेट विनियोजन भएको बताउनु भयो । उहाँले यो गाउँपालिकामा ९५ प्रतिशत कृषि पेशा अङ्गालेकोले कृषिमा लागेलाई आत्म निर्भर बनाउनको लागी विधुतीकरणमा ध्यान दिएको बताउनु भयो । सो कार्यक्रममा उपाध्यक्ष अर्चना कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा,कानुन ब्यवसायी केशव प्रसाद दास,वडाध्यक्ष जयश्वर किशोर दास,जागेश्वर ईसर,लोसपाका युवा नेता सुरेन्दू यादव,शंकर राउत,हरि नारायण यादव,लगायत आ आफनो शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित मिति: २०२३-१०-०६ , समय : ०६:२८:१७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्