समाचारकाे प्रभाव : सप्तरीको महादेवा गापामा कामै नभएका योजनाको पेश्की फिर्ता…

मिति: २०२३-१०-०३ , समय : २०:५४:३५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिकाले कामै नभएका योजना तथा कार्यक्रमको लाखौं पेश्की फिर्ता गरेको छ ।
महादेवा गाा.पा.मा आर्थिक वर्ष २०७९/०८० मा जनता आवास कार्यक्रम अन्र्तगत सुरक्षित नागरीक आवास कार्यक्रम वापत ९० जना विपन्न नागरीकलाई जस्ताको छाप्रो भएको घर निर्माणका लागी शर्सत अनुदानमा विनियोजित ६८ लाख ५० हजार रकम प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा,लेखापाल रमेशकुमार चौधरी,सह–लेखापाल हिरालाल यादव सहितको मिलीभगतमा सुचना प्रविधी अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीले लाभग्राहीहरुलाई रकम नबाडीएको रकम राजस्व खातामा पेश्की रकम फिर्ता गरेको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले सञ्चारकर्मीलाई बताउनु भयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ६८ लाख ५० हजार रकमवाट कुनै पनि विपन्न नागरीकलाई वितरण नगरी उक्त रकम गाउपालिकाका सुचना प्रविधी अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीको ब्यक्तिगत खातामा राखेको बताउनु भयो । यो समाचार विभिन्न मिडियामा प्रकाशन तथा प्रसारण भए पछि सो रकम फिर्ता गर्न बाध्य भएको स्थानिय नेता नेकपा(माओवादी केन्द्रका दिपेन्द्र माझीले बताउनु भयो । सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७७ अनुसार लाभग्राहीको खातामा प्रथम किस्ता वापत ६० प्रतिशत काम सम्पन्न भए पछि दोश्रो किस्ता वापत ४० प्रतिशत भुक्तानी दिनु पर्ने सुरक्षित आवास कार्यान्वयन कार्यविधि २०७७ मा उल्लेख छ । सुचना प्रविधी अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीको नाममा पेश्की उठाई लाभग्राहीहरुलाई रकम नबाडे पछि सो धटनाको खुलासा भएको थियो । यस कार्यमा संलग्नलाई कानुनी कार्यवाहीका लागी अख्तियार दुरुपयोग अनुसंधान आयोग काठमाण्डौ र ईटहरीमा २०८० साल भदौ १७ गते सीटी ०१३७१४ दर्ता नम्बर रहेको उजुरीकर्ताले बताउनु भएको थियो ।

प्रकाशित मिति: २०२३-१०-०३ , समय : २०:५४:३५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित