शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड…!
मिति: २०२३-१०-०३ , समय : २०:५०:५४ , सुनिता साह (क्रान्ति )
मिति: २०२३-१०-०३ , समय : २०:५०:५४ , सुनिता साह (क्रान्ति )
सुनिता साह (क्रान्ति )
राजविराज । शिक्षा चेतनाको मुहान हो।शिक्षक जिवनको मार्ग दर्शक हुन,यस्तो महत्त्वपूर्ण सत्य तथ्य जानिबुझिकन सरकारले शिक्षक ,बालविकास शिक्षक,पेन्सन पिडित शिक्षकोहरुको हो,नेपालको शिक्षा नीति अन्य देशको तुलनामा धेरै तल खसकेको छ भन्ने कुरा यहाँको शिक्षानिति र शिक्षा माथि हुने चोटिलो प्रहारले सावित गरेको छ।विगत दुई दसकदेखि राहत अनुदान कोटामा कार्यरत शिक्षकहरु अत्यन्तै पिडित भएका छन् ।यी शिक्षकहरुलाई उमेरको हदबन्दी लगाउनुका साथै कर्मचारी संचय कोष ,बिमा लगायतका सेवा सुविधाहरु बाट बन्चित गरिएको छ।बालविकास शिक्षक पनि राहत शिक्षक जस्तै पिडित छन् तर थपमा न्यूनतम तलबमा काम गर्नु पर्ने बाध्यता थप पिडाको रुपमा देखिएको छ।राहत शिक्षकहरुले काठमाडौंको माईतिघर मण्डलामा पहिलोपटक २०७५ सालमा हजारौं को संख्यामा सडकमा ओर्लिएर आन्दोलन गरेका थिए । त्यसबेला करिब एक सप्ताह सम्म चलेको आन्दोलनलाई मथर बनाउन सरकारले वार्ता गरेको थियो परिणाम स्वरुप राहत शिक्षकको कुनै पनि मांग पूरा भएन ।त्यसैगरि २०७७ सालमा दोस्रोपटकपटक राहत शिक्षकले आन्दोलन गरे जसमा दर्जनौं शिक्षक घाईते भए त्यहापनि सरकारले वार्ता रुपि ललिपप देखाएर सफल वार्ता भएको नौटकिं गरे जसमा राहत शिक्षकको नेतृत्वकर्ताले बईमानि गरेकोले उपलब्धि शुन्य भयो ।२०८० सालमा नेपाल शिक्षक महासंघले खेलेको षड्यन्त्रले राहत शिक्षकको भावना माथि ठेस पुर्याएको छ।स्थायी शिक्षकलाई अधिकार सम्पन्न बनाउन खेलेको फोहरि खेलको चक्रव्युमा राहत शिक्षक बालविकास शिक्षक र पेन्सन पिडित शिक्षक नराम्रो संग शिकार बने महासंघले सबैथरिका सामुदायिक विद्यालयका शिक्षकहरुलाई माईतिघर मण्डला काठमाडौंमा करिब लाखको संख्यामा हरेक जिल्ला बाट उतारेर आफुलाई महाराजा घोषणा गर्यो ।स्थायी शिक्षकका मांगहरु पूरा गराउन एकलौटी सम्झौता गरेर स्थायी बाहेकका सबै शिक्षकलाई सडकमै अलपत्र छोडिदियो ।महासंघ को चुनावको बेलामा मात्र राहत शिक्षकको प्रयोग गर्ने Use and throw भन्ने कटुट सत्य जस्तै सावित गर्यो र राहत तथा अन्य पिडित शिक्षकलाई भोट बैंकको रुपमा प्रयोग गर्ने गरेको कुरालाई प्रमाणित गरिदियो । राहत शिक्षक लगायत अन्य पिडित शिक्षकले पुनः आन्दोलन गरेर एघारौं दिनमा शान्तिपुर्ण आन्दोलनको काडेतार भत्काउने घोषणा गरेपछि सरकारले वार्तामा बोलाएर सबै कुरामा शतप्रतिशत मांग पुरा गरिदिने झुठो सम्झौता गरेर फेरि पनि धोखा दियो पटकपटक धोखाको शिकार हुदै आएका पिडित शिक्षक माथि नेपाल सरकारले गेम खेलेकैको हो ।शिक्षकहरुको शैक्षिक भावना माथि नेपाल सरकारले परेड खेल्नु कतिको उचित हो? यो गम्भीर विषय बनेको छ यसमाथि सम्बन्धित निकायको ध्यान बेलैमा नगएमा शैक्षिक संस्था तथा शिक्षानितिनै धरापमा पर्छ भन्ने कुरामा दुई मत छैन ।
सुनिता साह (क्रान्ति )
अध्यक्ष,तराई मधेश महिला फाउन्डेशन नेपाल
प्रकाशित मिति: २०२३-१०-०३ , समय : २०:५०:५४ , १ वर्ष अगाडि