बनाैलीमा हत्या गरिएको अवस्थामा फेला परेको शव अजिम मियाँ रहेको पुष्टि (फ्लाेअप समाचार )
मिति: २०२३-०९-३० , समय : १९:२३:३५ , गामघर डेस्क
मिति: २०२३-०९-३० , समय : १९:२३:३५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको खडक नगरपालिका वडा न ११ बनाैलीमा सडेगलेकाे अवस्थामा एक युवककाे शव प्रहरीले फेला पारेकाे छ ।
स्थानीय राम प्रकाश यादवले माछा पालनका लागि खनिएको पाेखरीमा अन्दाजि २२ वर्षिय युवाकाे शव बाेरामा राखेर पानी भित्रवाट बरामद गरेकाे हाे ।
दुई टुक्रा गरि दुइवटा बारामा छुटाछुटै स्थानमा पानिमा गाडेर माथिवाट केजहुइल ( ट्रयक्टरकाे फलाम चक्का ) हालेकाे अवस्थामा मानवकङ्काल बरामद गरेकाे हाे । बरामद मानवकङ्रकाललाई प्रहरीले मुचुलका उठाएर पाेस्टमाटमका लागि राजविराज लगिएको छ । यद्यपि प्रहरीले हालसम्म बरामद शव कसकाे हाे त्यो प्रस्ट गरेकाे छैन तर खडक नगरपालिका वडा न ११ का वडा सदस्य आसिन मियाँले हत्या गरि गाडिएको शव खडक नगरपालिका वडा न ११ का समिउल्ला मियाँका २२ वर्षिय छाेरा अजिम मियाँकाे रहेकाे पुष्टि भएको छ । स्थानीयबासिहरुका अनुसार अजिम मियाँ गत भदौ २१ गते जन्मअष्टमि मेलाका लागि हुलाकी सडक खण्डकाे बनाैलि मेलामा आएकाे थियाे उनले लगाएको कपडा र शरिरकाे बनाेटकाे आधारमा स्थानीय युवाकै रहेकाे पुष्टि भएको छ ।
प्रहरीले बरामद मानवकङ्कालकाे मुचुल्का बनाएर विशेष अनुसधानका लागि राजविराज लगेकाे छ । यता युवक मियाँकाे स्थानीय एक जना युवतिसग प्रेम रहेको तथा साेहि क्रममा हत्या भएको हुन सकिने अनुमान स्थानीयहरुकाे रहेको छ । साे घटनाको सम्बन्धमा अावश्यक थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०९-३० , समय : १९:२३:३५ , १ वर्ष अगाडि