सप्तरीको रुपनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)काे अगुवा कार्यकर्ता भेला

मिति: २०२३-०९-२९ , समय : २२:०६:५३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा वडा स्तरीय अगुवा कार्यकर्ता भेला रुपनी गाउँपालिका –४ छपकी स्थित समुदायिक भवनमा सम्पन्न गरेका छन । सो भेलामा प्रमुख अतिथ् िनेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्य पुर्व मन्त्रि महेन्द्र पासवानले पार्टीको उपलब्धिको प्रचार प्रसार गरेर जनता समक्ष गएर ३ महिने अभियान संग जोडिन पार्टीका नेता,कार्यकर्तालाई आगूह गर्नु भयो । अहिले ब्यवस्था फेरिए पनि आम जनताको अबस्थामा परिर्वन नभएकोले मुलुकमा सुशासन,समबृद्घि र सामाजिक न्यायको पक्षमा पार्टी नेतृत्व एक पछि अर्को भ्रष्टाचारीहरुको फाइल खोलि रहेको बताउनु भयो । उहाँले नेपालको परिपेक्षमा संसदिय निर्वाचन प्रणाली महंगो भएकोले गरिव,दलित लगायतका समुदायलागी समावेशी,समानुपातिक,रुपमा सहभागी गराउन निर्वाचन प्रणाली राष्टपति कार्यकारी र सांसदहरु प्ुर्ण समानुपातिक हुनु पर्ने बताउनु भयो । उहाँले माओवादी हरेक आन्दोलनको नेतृत्व गरेको दावी गर्नु भयो । उहाँले देशमा जनयुद्घ नभएको भए १ सय ४ वर्षका शाही राजतन्त्र नढल्ने बताउनु भयो । माओवादीका हजारौ महान योद्घाहरुले उच्च शहादत दिएका कारण यो प्रणाली आएको बताउनु भयो । उहाँले अभियानबाट नै माओवादीमा रहेका भ्रष्ट,जालसाजी लगायतका प्रवृती समाप्त भएर जाने दावी गर्नु भयो । अभियानका सप्तरी ईन्चार्य पासवानले स्थनिय समस्या,विकास निर्माण लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने बताउनु भयो । सो अवसरमा बिशिष्ठ अतिथि पुर्व प्रदेश सदस्य छेदी रजक(विमल) प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, पुर्व जिल्ला सदस्य राजु जयसवाल ,गाउँपालिकाका संयोजक सिहेश्वर साह, सह–संयोजक रामकिसुन पासवान, , सहकारी संगठनका केन्द्रिय प्रतिनिधी तेज नारायण यादव,अ.ने.म.संध(क्रन्तिकारी) रुपनी गापाका संयोजक जैहनुन खातुन,४ न.ं वडाध्यक्ष छेदी ईसर,दिनेश रजक लगायतले अभियानको बारै आ आफनो मन्तब्य ब्यक्त गरेक थिए । वडा भेला सुर्य नाराउण साहको अध्यक्षतामा भएको थियो । सोही भेलावाट सुर्य नारायण साहको सयोजकत्वमा १५ सदस्यीय अभियान टोलीमा रहेको छ ।

प्रकाशित मिति: २०२३-०९-२९ , समय : २२:०६:५३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित