मालपोत कार्यालयका दुई कर्मचारी घुससहित रँगेहात पक्राउ

मिति: २०२३-०९-२९ , समय : १८:११:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सुनसरी मालपोत कार्यालयका दुई कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरीबाट खटेको टोलीले सुनसरीस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र अन्य एक कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीको आधारमा टोलीले मालपोत कार्यालयका नासु सुदिप कटुवाल र रमेश अधिकारीलाई पक्राउ गरेको हो । मालपोत कार्यालयको रजिष्टरेश शाखा (ख) मा कार्यरत दुवै जनालाई एक होटेलबाट पक्राउ गरेको हो ।
यता दुवै जना के कति घुस लिएर पक्राउ गरेको बारे टोलीले खुलाउन मानेनन भने थप जानकारी अख्तियारको केन्द्रीय कार्यालयले केही बरेमा सार्वजनिक गर्ने बताईएको छ ।

प्रकाशित मिति: २०२३-०९-२९ , समय : १८:११:१४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित