सप्तरीको शम्भुनाथका मेयर गुप्ता र इन्जिनियर भ्रष्टाचारी ठहर, दुबैलाई ६ महिना कैद, ७० हजार जरिवाना
मिति: २०२३-०९-२९ , समय : १७:२०:४२ , गामघर डेस्क
मिति: २०२३-०९-२९ , समय : १७:२०:४२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको इजलासले उनीसहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको हो ।
घूससहित शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका थिए । इन्जिनियर साहको बयान र मेयर गुप्ताको घूस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए । अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका थिए ।
विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारूको संयूक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर गर्दै दुबैलाई ६ महिना कैद र ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रबक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०९-२९ , समय : १७:२०:४२ , १ वर्ष अगाडि