सप्तरी लगायत मुलुकभरि पैगम्बर महमदको जन्म जयन्ती मनाइयो

मिति: २०२३-०९-२९ , समय : ०५:४३:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरी, सिरहा लगायत मधेस प्रदेशको विभिन्न ठाउँहरूमा ईस्लाम धर्मका अनुयायीहरु अर्थात् मुस्लिम धर्मावलम्बीहरुले ईस्लाम धर्मका पर्वतक हजरत मोहम्मद सल-अल्लाहो अलैहे वसल्लमको १४८८ औ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइएको छ ।

ईस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । साेहि अवसरमा सप्तरीको राजविराजमा बृहत् र्यालि निकालिएको थियाे । राजविराज नगरपालिकाकि कार्यवाहक नगर प्रमुख इसवर परविनकाे नेतृत्वमा बृहत् र्यालि निकालिएको थियाे।

मुस्लिम समुदायको सन्देष्टाका रुपमा मानिने पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिनामा गएको उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) को सुरु भएको मानिन्छ ।

यस्तै सिरहाको लहान लगाएत विभिन्न ठाउँहरूमा विभिन्न संघसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा जिल्लाका विभिन्न ठाउँहरूमा र्या‍ली निकालेर मुस्लिम समुदायले मोहम्मद डे अर्थात् जन्म जयन्ती मनाईरहेको छ ।

र्यालीमा राष्ट्रिय झण्डा सहित धार्मिक वस्त्र, धार्मिक झन्डा बोकेर मुस्लिम समुदायले सिरहाका मुख्य मुख्य बजारहरु परिक्रमा गरेका छन ।

उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको विश्वास गरिन्छ ।

मोहम्मदको जन्म दिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम समुदायका अगुवाहरु बताउँछन् ।

जसलाई मुस्लिम समुदायले जलसा ईद मिलादुन नवी, तकरिर गर्ने भन्दछन् । एकदमै उत्साहपूर्वक मोहम्मदको सम्झना गरेर मनाईने पर्वमा गाउँमा भोजको अयोजना समेत गरिन्छ ।

मधेश प्रदेशमा मोहम्मद डेको अवसरमा प्रदेश सरकारले सर्वजनिक विदा समेत दिएको छ ।

प्रकाशित मिति: २०२३-०९-२९ , समय : ०५:४३:४७ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्