मधेस प्रदेशमा जनमत पार्टीमा प्रवेश गर्नेको लहर…

मिति: २०२३-०९-२६ , समय : १९:०९:४० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । पछिल्लोपटक मधेस प्रदेशका जिल्लामा जनमत पार्टीमा प्रवेश गर्नेको लहर शुरु भएको छ । साेहि क्रममा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरु डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छ्न् ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य डा. सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।यसै अवसरमा नवप्रवेशीहरुलाई पार्टीको सदस्यता समेत वितरण गरिएको नेता डा.सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०९-२६ , समय : १९:०९:४० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित