नेकपा (माओवादी केन्द्र)काे गाउपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
मिति: २०२३-०९-२३ , समय : १०:११:४८ , गामघर डेस्क
मिति: २०२३-०९-२३ , समय : १०:११:४८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा गाउपालिका स्तरीय अगुवा कार्यकर्ता भेला अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाको प्रशवनीमा सम्पन्न गरेका छन । सो भेलामा नेकपा (माओवादी केन्द्र) अग्नी सायर कृष्णा सवरण गाउँपालिकाको गाउँ कमिटी द्वारा आयोजना गरेको अगुवा ,कार्यकर्ता भेला पालिक अध्यक्ष बेचन चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्ज एव पुर्व मन्त्रि महेन्द्र पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे । पासवानले आम जनताले मुलुकमा भ्रष्टाचारीलाई कारागारमा थन्काउनु पर्ने र रोजगारी सृर्जना गर्नु पर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले बर्तमान सरकार मुलुकमा सुशासन,समबृद्घि र सामाजिक न्यायको लागी कार्य गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले जनयुद्घ कालिन नेता,कार्यकर्ताको नयाँ पुरानोलाई समयोजन गरेर कार्य क्षेत्रमा काम गर्नको लागी रुपान्तर सहितको माऔवादी पार्टी बनाउनको लागी अभियानको उदेश्य रहेको बताउनुभयो । यस अभियानमा सम्पुर्ण कमरेड रुपान्तरण आफैवाट शुरु गर्नु पर्ने बताउनु हुदै पार्टीको कामको प्रचार प्रसार जनता माझ गएर गर्नु पर्नेमा जोड दिनुभयो । मुलुक माओवादीको एजेण्डामा चली रहेको बताउदै १० वर्षै महान जनयुद्घको नेतृत्वदेखि मुलुकमा भएको विभिन्न आन्दोलन लगायतको नेतृत्व माऔवादीले गरी रहेको बताउनुभयो । आम जनताले मुलुकमा भ्रष्टाचारीलाई कारागार थन्काउनु पर्ने पक्षमा रहेकोले वर्तमान सरकार देशमा सुशासन,समबृद्घि, सामाजिक न्यायको पक्षमा रहेको वताउनु भयो । भ्रष्टाचार रहित र रोजगारीको ग्यारेण्टी सरकारले लिनुपर्ने उहाँले बताउनुभयो । उहाँले रुपान्तरण सहितको ३ महिने अभियानलाई जनता समक्ष पुर्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले भिजन र एकसन माओवादीसंग रहेकोले मुलुकमा परिवर्तन माओवादी पार्टीलेमात्र गर्न सक्ने कुरामा जोड दिनुभयो । उहाँले अभियानबाट नै अव सवै प्रवृती समाप्त भएर जाने दावी गर्नु हुदै अब त्यो ब्यक्तिगत स्वार्थलाई खतम पार्नको लागी आफैवाट रुपान्तरण गर्नु पर्ने बताउनु भयो । सो अवसरमा स्थनिय समस्या विकास निर्माण लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने बताउनुभयो । सो अवसरमा बिशिष्ठ अतिथि बैक्लिपीक केन्दिय सदस्य असर्फि सदा ,पुर्व प्रदेश सदस्य छेदी रजक(विमल),पुरानो वरिष्ठ महिला नेतृ सरस्वती चौधरी, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव,पुर्व मधेस प्रदेस सभाका सदस्य प्रमिला यादव, ,पुर्व जि.स.बेचन मण्डल,कपिल सरदार,पशुपति चौधरी,अरुण चौधरी ,निशा चौधरी , रामदेव यादव,श्री प्रसाद मण्डल,उमाकान्त चौधरी,ललकु सदा,राम लाल सरदार,तिरहुत गापाका अध्यक्ष पदका प्रत्याशी उम्मेदवार राम कुमार रजक लगायतले पार्टीको ३ महिने अभियान सफल पार्न आ आफनो शुभ कामना मन्तब्य दिएका थिए ।
सो भेलाबाट बेचन प्रसाद चौधरीको संयोजकत्वमा २५ सदस्यीय तिन महिने अभियान टोली निर्माण भएको छ । सो अभियान टोलीमा पशुपति चौधरी ,कपिल सरदार,बेचन मण्डल,निशा कुमारी चौधरी ,अरुण चौधरी,राम लाल सरदार,महेश प्रसाद चौधरी,प्रशुराम चाधरी, किसमत मंसुरी,धुरन सदा,उमाकान्त चौधरी,पुरन चौधरी,बेचन प्रसाद चौधरी,भगवती प्रसाद चौधरी,नन्दकिशोर मण्डल,पंचु सदा,प्रदिप आचार्य,रामदेव यादव,श्री कुमारी चौधरी, शोभा चौधरी,ललकु सदा लगायत रहेका छन । त्यसैगरी आर्थिक समितिमा भगवती प्रसाद चौधरी (संयोजक),पशुपति चोधरी ,मिसमत मंसुरी ,विनोद झा,प्रमिला यादव रहेका छन , यस्तै प्रचार–प्रसार समितिमा अरुण कुमार चौधरी(संयोजक),राम लाल सरदार,प्रदिप आचार्य,रमेश चौधरी,ललकु सदा,छोटे लाल रहेका छन । यस्तै साँस्कृती टोलीमा ललकु सदा,जिवन धिमिरे,श्री प्रसाद मण्डल रहेको गाउँपालिका अभियान टोलीले जनाएको छ । सोही भेलावाट १ नम्बर वडाको भेला असोज ६ गते गर्न संयोजकमा निशा चौधरी, २ न.ं वडाको८ गते गर्न कपिल सरदार(संयोजक) ,३ न. वडाको ७ गते गर्न बेचन मण्डल(संयोजक),४ न. वडाको १० गते प्रमिला यादव( संयोजक) ,५ नं. वडाको ९ गते गर्न अरुण कुमार चौधरी (संयोजक) र ६ नं. वडाको ११ गते गर्न बेचन प्रसाद चौधरी(संयोजक)को जिम्मेवारी दिएको अग्नीसाइर कृष्णासवरण गाउँपालिका अभियान टोलीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०९-२३ , समय : १०:११:४८ , १ वर्ष अगाडि