पाराडाइज क्याम्पस राजविराजमा स्वागत तथा सम्मान कार्यक्रम
मिति: २०२३-०९-२२ , समय : २१:५७:२६ , बिन्दु कुमार यादव
मिति: २०२३-०९-२२ , समय : २१:५७:२६ , बिन्दु कुमार यादव
बिन्दु कुमार यादव
राजविराज ।
पाराडाइज क्याम्पस राजविराजद्वारा एक कार्यक्रम विच शुक्रवार यहाँ स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पसको प्रिन्सिपल राम नारायण यादवको अध्यक्षता तथा मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राजविराजको कार्यक्रममा सम्वोधन गर्दै मन्त्री यादवले यादवले मधेश प्रदेशको सामुदायिक विद्यालयको शिक्षा स्तर सुधार गर्ने तर्फ लागि परेको बताए ।
उनले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रलाई बलियो बनाउनका लागि निर्णनायक छलफल गरि अगाडी बढाउने बताउदै उनले यसकालागि गुरुयोजनाको तयारी गरिएको जानकारी दिए ।
उनले भने,‘ शिक्षालाई सुदृढ बनाउनका लागि नीति निमार्ण नभएको बताउदै नीति निमार्ण गरिने प्रक्रियामा रहेको र बनेपछि कडाईका साथ लागु गरि मधेशलाई पुनः शिक्षाको हव बनाउने प्रतिवद्धता जनाए । प्रमुख अतिथि यादवले विद्यार्थीलाई पढाईमा जोड दिन आग्रह गर्दै गुणस्तरीय शिक्षा आजको आबश्यता भएको बताउनुभयो । मन्त्री यादवले पहिलाको मधेश प्रदेश सरकारले शिक्षा निती पनि ल्याउन नसकेको बताउदै उनले आफु मन्त्रालय सहालेपछि मधेश प्रदेश प्रदेशको शिक्षा गति विधि तिव्र रुपमा अगाडी बढाएको जानकारी दिए ।
आयोजित कार्यक्रममा समाजमा विशेष योगदान पु¥याउने एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
पूर्व कंन्छु नरप्रताप उच्च माध्यमिक विद्यालय नकटी रायपुरको पूर्व प्रअ भागवत यादव,पूर्व प्रअ फुलेश्वर मण्डल,नथुनी दास,महिनारायण यादव,राजविराज नगरपालिका वडा नम्वर २ को वडा अध्यक्ष अरुण यादव, प्रेस सेन्टर मधेश प्रदेशका महासचिव गोपाल प्रसाद गुप्ता, युवा पत्रकार विन्दु कुमार यादव लगायतकाहरुलाई दोसला ओढाएर सम्मान गरेका थिए ।
सोही कार्यक्रममा कक्षा ११ मा भर्नाभएकालाई स्वागत गरेका थिए भने कक्षा १२ मा प्रवेश गरेको तथा ईन्ट्रान्समा उत्कृष्ट अंक ल्याउने एक दर्जन् भन्दा बढी छात्र छात्राहरुलाई पनि प्रमाण पत्र र मेडलबाट सम्मान गर्नुभयो ।
पाराडाइज क्याम्पसका छात्र छात्राहरु रोशन कुमार मंडल, अस्मिता साह,अभिसेक मण्डल,साजन साह,अमृत कुमार पंडित,तुलान्नद साह,मो असलम मंसुर, रुपेश मण्डल, शिवम मण्डल,दिपक यादव ,गणेश यादव लगायतकाहरुलाइ प्रमाण पत्र र मेडलबाट सम्मान
गर्नुभएको थियो ।
उक्त कार्यक्रममा पूर्व प्रअ भागवत यादव, वडा अध्यक्ष अरुण यादव,पाराडाइज कलेजको प्रोफेसर उमेश कुमार यादव,डा शिव नारायण यादव,क्यम्पस प्रिन्सिपल राम नारायण यादव,नथुनी दास,युवा पत्रकार विन्दु कुमार यादव लगायतकाहरुले शुभकामना व्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२३-०९-२२ , समय : २१:५७:२६ , १ वर्ष अगाडि