अझै राेकिएन मालपोतमा घुसखाेरि : मालपोत कार्यालयमा ढिलासुस्ती बढेपछि सेवाग्राहीहरु समस्यामा , सम्बन्धित निकाय बेखबर
मिति: २०२३-०९-२१ , समय : २१:५२:५५ , विन्दु कुमार यादव
मिति: २०२३-०९-२१ , समय : २१:५२:५५ , विन्दु कुमार यादव
विन्दु कुमार यादव
राजविराज ।
मधेस प्रदेशको सुगम जिल्ला सप्तरीमा मालपोत कार्यालयमा ढिलासुस्ती बढेपछि नागरिकलाई सास्ती भइरहेको छ । मालपोतमा काम गर्न लामबद्ध कुरेका छन् तर काम भने नभएको सप्तरीको बलान विहुल गाउँपालिकाका सेवाग्राहीको गुनासो व्यक्त गरेको हो ।मालपोतमा सेवा लिने आउने नागरिक भन्छन् सिंहदरबार गाउँ-गाउँमा आयो भने तर हामी नागरिकका लागि नयाँ प्रविधि सास्ती बनेको बताए । राजविराज स्थित भुमिसुधार तथा मातपोत कार्यालयमा सेवाग्राहीले समयमा काम नभएको र सास्ती भएको गुनासो गरेको भएपनि कार्यालयमा राती साढे ६ बजेसम्म कर्मचारी रहने गरेको छ । यी कर्मचारीहरुले सेवाग्राहीको काम भन्दा विचौलिया र घुस रकम खुवाउनेको काम गर्न कार्यालय समयपछि राती साढे ६ बजेसम्म कर्मचारी भेटिने गरेको तथ्य फेला परेको छ ।
विहीबार मात्रै राती साढे ६ बजेसम्म मालपोत कार्यालयमा दर्जन बढी कर्मचारी भेटिएका छन् । कर्मचारीहरु कोही कार्यकक्षमा त कोही परिसरमा काम भन्दा विचौलिया र घुस रकम उठाउनमा व्यस्त देखिएका थिए । मालपोत कार्यालयमा नेट राम्रोसँग चल्दैन त कागज मिलेको छैन भनेर कर्मचारीहरुले घुमारो पाराले घुस खाने गरेका छन् । अर्कातिर कम्प्युटर अपरेटरले गर्ने काम हामी कर्मचारीलाई गर्नु परेका कारण कामकाजमा ढिलासुस्ती हुने गरेको मालपोत कार्यालय प्रमुख शिवसरण पंडितले बताउनु्भो ।
एक सेवाग्राहीले भने मालपोत कार्यालयमा जग्गाको कारोबारो गर्न हप्तौ धाउनुपर्ने बाध्यता रहेको बताए । एक घण्टामा हुने कामका लागि हप्ता दिन लाग्दा खर्च धेरै लागेको सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर १ का छोटेलाल यादवले बताए । लामो समयदेखि कार्यालय धाउँदा पनि सेवा नपाएको उनले गुनासो व्यक्त गरे । अर्का सेवाग्राहीले दाजुभाइको जग्गा भागबण्डा गरी लालपुर्जा अर्थात् मोड कायम गर्न आएको तर फाँटवालासँगको मिलोमतोमा चिनजान भएका मान्छेका काम छिट्टै हुन्छन् तर हामी जस्ता सोझा साँझा लाइनमा बस्ने व्यक्तिको काम नहुने गरेकोे गुनासो व्यक्त गरे ।
कार्यालयका रजिष्टेसन (क) का नायव सुब्बा खिलराज अधिकारीका अनुसार रातीसम्म सेवाग्राहीकै कामका लागि बसेको तर सधै नभई आजमात्रै यस्तो भएको जानकारी दिए । केही वर्षयता नेपाल सरकार मालपोत विभागको लक्ष्यअनुसार अनलाइन प्रणालीबाट गएको सेवा दिन ढिलासुस्ती हुने गरेको दावी गरे ।कित्ता काट खुलेकाले पनि सेवाग्राही बढेको र कामको चाप बढेको दावी गरे ।
उनले भने, ’अहिले अनलाइन र ढड्डाबाट दुवै तरिकाबाट काम गर्नु पर्ने गरेको बताए ।अनलाइनबाट छिटोछरितो गर्नका लागि पहिला सेवाग्राहीका कागजात सवै कम्प्यूटर तथा सप्टवरमा इन्ट्री गर्नुपर्छ’ उनले थपे, ’साथै ढड्डामा पनि राख्नु पर्ने भएकाले यस्तो समस्या भएको बताए । तर सप्टवेयरमा इन्ट्री भएका सेवाग्राहीले छिटै सेवा पाउने गरेको बताए ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मालपोत इकाई समिति राजविराजका अध्यक्ष श्रीलाल यादवले पहिला आउने सेवाग्राहीलाई पहिलो सेवा दिन टोकन प्रणालीबाट सेवा दिनुपर्ने, घुसखोरी बन्द गर्नुपर्ने, कार्यालय समयमा विहान सेवा सुरु गर्नुपर्ने, सेवाग्राहीलाई सास्ती दिन बन्द गर्नुपर्ने जोडदार माग गरेका छन्।
विहीवार मालपोत कार्यालयमा पत्रकारहरु सित कुराकानी गर्दै उनले टोकन प्रणालीबाट सेवा दिनुपर्ने र त्यसको सूची पनि प्रकाशन गरेर सेवाग्राहीलाई सेवा लिन सहज हुने काम गर्नुपर्ने मा जोड दिए ।
अध्यक्ष यादवले पैसाको बलमा मालपोत कार्यालयको हामिकले घरमा समेत काम गर्ने गरेको आरोप लगाए । उनले सेवाग्राहीलाई बाध्यतामा पारेर रमक असुली गर्ने गरेको दावी गरे ।
एसासिएसनका सचिव बद्री नारायण यादवले रजिष्टेसन (क) र (ख) मा प्रतिसेवाग्राहीबाट एक हजार रुपैयादेखी १० हजार रुपैयासम्म लिने, ३ बजेसम्म मोठ भिडाउने र त्यसपछि काम नगर्ने, फाटमा प्रति लिखत मागेर नै ५०० देखी १००० रुपैयासम्म लिने गरेको उनले गुनासो व्यक्त गरे ।
प्रकाशित मिति: २०२३-०९-२१ , समय : २१:५२:५५ , 2 years अगाडि