मधेस प्रदेश : अबैध लागुऔषधसहित एक युवक पक्राउ
मिति: २०२३-०९-२१ , समय : १७:४८:५७ , मणिलाल विश्वकर्मा
मिति: २०२३-०९-२१ , समय : १७:४८:५७ , मणिलाल विश्वकर्मा
मणिलाल विश्वकर्मा
लहान ।
मधेस प्रदेशको सिराहाको लहान नगरपालिका– ८ स्थित २ नम्बर सडकबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका– २ का करिब २० वर्षीय सदानन्द महतो छन्। लहानस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक हवल्दार देवकुमार यादवको कमान्डमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुधबार शंकास्पद अवस्थामा झोला बोकेर हिँडिरहेका महतोलाई रोकेर चेकजाँच गर्दा प्लास्टिकको पोकामा प्रतिबन्धित लागुऔषध बरामद भएको हो।
उनले बोकेको झोलामा रहेको प्लास्टिकको पोकामा एक सय ५३ एम्पुल डाइजापाम, एक सय ५४ एम्पुल ब्युप्रोनोरफिम र एक सय ९० एम्पुल फेनारगन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागुऔषधसहित नियन्त्रणमा लिइएका महतोलाई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २०२३-०९-२१ , समय : १७:४८:५७ , 2 years अगाडि