अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रमको घोषणा
मिति: २०२३-०९-२१ , समय : ०७:०६:०९ , गामघर डेस्क
मिति: २०२३-०९-२१ , समय : ०७:०६:०९ , गामघर डेस्क
गामघर डेस्क
अमेरिका ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रमको घोषणा गर्नुभएको छ । युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम शुभारम्भ गरिएको उहाँले बताउनुभयो ।
बाइडेनले ट्विटरमा लेख्नुभएको छ,‘ हामी स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यक्रममा अर्को पुस्तालाई परिचालन गर्दैछौँ ।’ यो योजनाले २० हजारभन्दा धेरै युवालाई प्रशिक्षित गर्ने राष्ट्रपति बाइडेनले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बाइडेनले जलवायु सङ्कटले सम्पूर्ण मानवताका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी समेत दिनुभएको छ । एजेेन्सि
प्रकाशित मिति: २०२३-०९-२१ , समय : ०७:०६:०९ , १ वर्ष अगाडि