सप्तरीको रुपनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)काे पालिकास्तरीय अगुवा कार्यकर्ता भेला
मिति: २०२३-०९-२० , समय : १६:०१:१५ , गामघर डेस्क
मिति: २०२३-०९-२० , समय : १६:०१:१५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला रुपनी गापा –६ बीरेन्द्र बजारमा सम्पन्न गरेका छन । सो भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्य पुर्व मन्त्रि महेन्द्र पासवानले यो अभियानले निदाएको नेता,कार्यकर्तालाई ब्युझाउनुको साथै अब नेता ,कार्यकर्तालाई मानसिक रुपमा पार्टी प्रति प्रतिबद्घ बनाउनु यस अभियानको उदेश्य रहेको बताउनु भयो । यस अभियानमा सम्पुर्ण कमरेड रुपान्तरण आफैवाट शुरु गर्नु पर्ने बताउनु हुदै पार्टीको कामको प्रचार प्रसार जनता माझ गएर गर्नु पर्नेमा जोड दिनु भयो । अहिलेको संसदिय निर्वाचन प्रणाली महंगो भएकोले गरिव,दलित लगायतका समुदायलागी सगभागी बनाउन निर्वाचन प्रणालीमा आमुल परिर्वतन अपरिहार्य रहेकोले देशमा राष्टपति कार्यकारी र सांसदहरु समानुपातिक हुनु पर्ने माओवादीको एजेण्डालाई सम्पुर्ण राजनैतिक पार्टीले सहयोग गर्न आग्रह गर्नु भयो । आम जनताले मुलुकमा भ्रष्टाचार रहित र रोजगारी को ग्यारेण्टी सरकारले गर्नु पर्ने उहाँले बताउनु भयो । उहाँले पार्टीको यो रुपान्तरण सहितको अभियानलाई जनता समक्ष पुर्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले भिजन र एकसन माओवादीसंग रहेकोले मुलुकमा परिवर्तन माओवादी पार्टीलेमात्र गर्न सक्ने कुरामा जोड दिनु भयो । उहाँले अभियानबाट नै अव सवै प्रवृती समाप्त भएर जाने दावी गर्नु हुदै अब त्यो ब्यक्तिगत स्वार्थलाई खतम पार्नको लागी आफैवाट रुपान्तरण गर्नु पर्ने बताउनु भयो । सो अवसरमा स्थनिय समस्या विकास निर्माण लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने बताउनु भयो । सो अवसरमा बिशिष्ठ अतिथि बैक्लिपीक केन्दिय सदस्य अरुणकुमार साह,पुर्व प्रदेश सदस्य छेदी रजक(विमल),अखिल किसान महासधका मधेस प्रदेसका ईन्चार्य हरिनारायण महतो,अखिल शिक्षक संगठनका केनिदय सदस्य बिक्रम साह,पुर्व जिल्ला सदस्यत्रय राजु जयसवाल,तेजनरायण यादव,देवलाल माली,भ।त चौधरी,लगायतले सम सामयिक विषय वस्तुका साथै अभियानको वारैमा आ आफनो शुभ कामना मन्तब्य राखेका थिए । पालिकाका संयोजक सिहेश्वर साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो भेलाबाट सिहेश्वर साहको अध्यक्षतामा २१ सदस्यीय तिन महिने अभियान टोली निर्माण भएको छ । सो अभियान टोलीमा पुर्व जिल्ला सदस्य देवलाल माली,तेज नारायण यादव,राजु जयसवाल,पुर्व कर्मचारी संगठनका जिल्ला अध्यक्ष छोटेलाल यादव,निर्वाचित वडाध्यक्षद्वय छेदी ईसर,सरोज यादव,भरत चौधरी,देवलाल यादव,रामकिसुन पासवान ,चन्द्रदेव यादव,रामचन्द्र यादव,दुखिलाल यादव,सुखलाल मलाह,सुर्य नारायण साह,खडक बहादुर तमाङ्ग,गणेश यादव,भुवनेश्वर पासवान,नैहरुम खातुन,शहिद परिवार देवकी देवी रहेका छन । त्यसै गर िआर्थि समितिमा छोटेलाल यादव,छेदी ईसर,राजु जयसवाल,चन्द्रदेव यादव रहेका छन , यस्तै प्रचार–प्रसार समितिमा राजु जयसवाल(संयोजक),रामकिसुन पासवान,प्रभु यादव,चेत नारायण महतो रहेको गाउँपालिका अभियान टोलीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०९-२० , समय : १६:०१:१५ , १ वर्ष अगाडि