सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भ्रष्टाचार बढेको भन्दै एकिकृत समाजवादीद्वारा चरणवद्ध आन्दोलनकाे घाेषणा(विज्ञप्ति सहित )
मिति: २०२३-०९-२० , समय : ०७:२०:५३ , शुभ नारायण यादब
मिति: २०२३-०९-२० , समय : ०७:२०:५३ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भ्रष्टाचार बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीद्वारा चरणवद्ध आन्दोलनकाे घाेषणा गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का प्रत्यासि अध्यक्षका उम्मेदवार तथा जिल्ला सचिवालय सदस्य जय प्रकाश यादव तथा पार्टीका छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सत्यदेव मण्डलद्धारा जारी प्रेस विज्ञप्तीमा पार्टीले माँग गरेको २१ बुंदे माँगहरु छिन्नमस्ता गाउँपालिकाले पुरा नगरेको कारणले बाध्यभई संघर्षको कार्यक्रम सार्वजनिक गरेको उल्लेख गरेका हुन्।
जारी विज्ञप्ती अनुसार एकिकृत समाजवादीले गाउँपालिका विरुद्ध असोज २ गते पत्रकार सम्मेलन ,८ गते सम्म जनता जागरण तथा भण्डाफोर (प्रत्येक वडामा ),१० गते देखि १६ गते सम्म गाउँपालिका केन्द्रित विरोध कार्यक्रम तथा विभिन्न राजनैतिक दलका व्यक्तिहरु संग सहकार्य एवं समन्वय ,१७ गते देखि२४ गते सम्म समाजिक संजाल मार्फत विरोध तथा हस्ताक्षर संकलन अभियान गर्ने र जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र वुझाउने कायैक्रम रहेका जनाएका छन् । मागँ पुरा नभए असोज २५ गते दोस्रो चरणको सशशक्त संघर्षका कार्यक्रम तय गरी घोषणा गर्ने पार्टी सचिवालय सदस्य जय प्रकाश यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले छिन्नमस्ता गाउँपालिकासंग चालु आ०ब० २०८०।०८१ को कथित गाउँसभाबाट पारित गरिएका निर्णय र योजना तथा कार्यक्रमहरुको विवरण, आ०ब० २०७९।०८० को योजना पुस्तिका, खर्चको फाँटबारी,विषयगत शाखा÷उपशाखा तथा कृयाकलापहरुको छुटाछुटै प्रगति विवरण,. आ०ब० २०७९।०८० को स्वीकृत योजना तथा कार्यक्रम मध्ये संचालन भएका योजना÷कार्यक्रमहरु के कुन प्रकृयाबाट, के कुन मितिमा संचालन गरेको हो? सोको पुस्टयाई हुने कागजात सहित हाल सम्म सफ्टवेयर(सुत्र) प्रणालीबाट काटिएका चेक लिष्ट, आ०ब० २०७९।०८० मा के कुन योजना तथा कार्यक्रमको लागि, के कुन कर्मचारीलाई, के कुन मितिमा, के कति पेश्की रकम उपलब्ध गराईएकोे कार्यवापतको पेश्की फर्छयौट भए गरेको हो होइन सो को विवरण, गाउँपालिका कार्यालयमा करार, ज्यलादारीर डोर हाजिरीमा कार्यरत रहेका कर्मचारीहरु के कुन प्रकृयाबाट, के कुन पदमा, के कुन मिति देखि कार्यरत रहेको सो को विस्तृत विवरण मागँ गरेका छन् ।
यस्तै गाउँपालिकाको कार्यालय, विषयगत शाखा, उप–शाखार वडा कार्यालयहरुको कार्यालय भवन के कुन स्थानमा, के कति घर कोठा संख्या, के कुन मिति देखि र के कुन प्रकृयाबाट भाँडामा लिइएको विवरण, सूचना अधिकारीको व्यवस्था, गाँउपालिका कार्यालयको प्रवक्ता नियुक्त गरी सो को जानकारी दिनुपर्ने माग गरेको छ । यसेगरि गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत रहेका विद्यार्थी संख्या र शिक्षक अनुपातको आधारमा नियमवद्ध तरिकाले दरबन्दि मिलान कार्य गर्न, गाउँकार्यपालिकाको पदाधिकारीहरु सहित गठन भएका अन्य विषयगत शाखा, उप शाखा समितिको पदाधिकारीहरुको विस्तृत विवरण, संघीय सरकार र प्रादेशिक सरकारबाट उपलब्ध गराईएका शशर्त अनुदानतर्फका अधिकांश कार्यक्रमहरु समयमा सञ्चालन गर्न नसकी बजेटफ्रिज गर्नु गराउनुका यथेष्ट कारण,आ.व. २०७९।०८० मा भए गरेका खर्चहरु मध्ये पूँजिगत खर्च र चालु खर्च खाताको छुट्टा छुट्टै विवरण लगायतका २१ वुन्दै माँग जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: २०२३-०९-२० , समय : ०७:२०:५३ , १ वर्ष अगाडि