मधेस प्रदेश : मिर्चैयामा यस बर्ष पनि धुमधामले गणेश पुजा महोत्सव मनाईने

मिति: २०२३-०९-१९ , समय : १८:१७:०१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । सिरहाको मिर्चैयामा यस बर्ष पनि गणेश पुजा महोत्सव मनाईने भएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि धुमधामका साथ गणेश चतुर्थी पुजा महोत्सव मनाईने भएको हाे ।
गणेश चतुर्थिको अवसरमा सिरहाको मिर्चैया नगरपालीका वडा नं.६ गणेशटोलले वर्षे देखि लगाउँदै आइरहेको गणेश पुजा महोत्सव यसवर्षपनि कलश यात्रा सहित शुभारम्भ भएको छ । गणेश पुजाको अवसरमा कलश शोभा–यात्रा सहित मिर्चैया परिक्रमा गरिएको छ । मिर्चैया नगरपालिका वडा ६ गाणेशटोलमा आयोजना गरिएको गणेश मन्दिर स्थलबाट मंगलवार गाँजाबाजा सहित निकालिएको शोभा–यात्रा नगरको बिभिन्न भागको परिक्रमा गरेका छन् ।
गणेशको जन्म भएको सम्झनामा गणेश चतुर्थीको दिन प्रत्येक बर्ष पुजा गरिने परम्परा रहेको छ । हिन्दू धर्मावलम्बीले कुनै काम सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । गणेशलाई लड्डु चढाएर पुजा गर्दा मनोकामना पुरा हुने विश्वासले गणेश मन्दिर र प्रतिमा निर्माण गरिएको स्थलहरुमा भक्तजनहरुको भिर लागेका छन् ।
साे महोत्सवकाे अवसरमा सांस्कृतिक कार्यक्रम रहेको तथा उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले कला प्रदर्शन गर्ने रहेको छ र पुर्णाहुति हवन असोज ३ गते बुधवार ८ वजे विहान हुने छ । साथै गणेश चतुर्थी पुजा महोत्सव भव्य रुपमा सफल पार्न क्लबले सम्पुर्ण नगरवासीलाई अनुरोध तथा निमन्त्रणा समेत गरेको छ ।

प्रकाशित मिति: २०२३-०९-१९ , समय : १८:१७:०१ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित