मधेश प्रदेशका शिक्षामन्त्री महेश यादवले पुगे दलित बस्तीको विद्यालय अनुगमनमा

मिति: २०२३-०३-०३ , समय : १२:०३:५३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा ,विज्ञान,प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले दलित बस्तीमा रहेको समुदायीक विद्यालयको अनुगमन गरेका छ्न।

धनुषाको धनुषाको गाउँपालिका -४ मा रहेको राष्ट्रिय आधारभुत विद्यालयको अनुगमन गरेका हुन।मन्त्री यादवले अनुगमन गरेपछि संक्षिप्त प्रतिक्रिया दिदैं उनले यस विद्यालयमा ८० प्रतिशत दलित समुदायकै विद्यार्थीहरु अध्ययनरत रहेको बताए।

सो विद्यालय रहेको समस्याबारे जानकारी लिदैं शिक्षामन्त्री यादवले विद्यालयमा रहेको समस्यहरुलाई समाधान र मधेश प्रदेशलाई साक्षर घोषणा गराउनको लागि आफुले मधेश सरकारबाट आवश्यक पहल गरिने बताएको छ।

प्रकाशित मिति: २०२३-०३-०३ , समय : १२:०३:५३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित