सप्तरीको महादेवा गापामा विविध खर्चमा अनियमितता गरेको खुलासा
मिति: २०२३-०९-१७ , समय : १८:५०:१४ , गामघर डेस्क
मिति: २०२३-०९-१७ , समय : १८:५०:१४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकामा विविध खर्चको नाममा लाखौं भुक्तानी लिएर भ्रष्टाचार ,अनियमितता गरेको आरोप स्थानियले लगाएका छन ।
सप्तरीको महादेवा गाउँपालिकाका वडा न.६ का वडाध्यक्ष गजेन्द्र मण्डलले आर्थिक वर्ष २०७९/०८० को गाउँसभावाट स्वीकृत विविध खर्चमा ५ लाख रकममा आर्थिक हिनामिना तथा भ्रष्टाचार गरेको स्थानिय रामचन्द्र मण्डलले आरोप लगाएको छ । उहाँका अनुसार सो विविध खर्चको नाममा वडाध्यक्ष मण्डलले नकली बिल ,भरपाई पेश गरेर ५ लाख बरावरको आर्थिक हिनामिना तथा भ्रष्टाचार गरेको बताउनु भयो । त्यस्तै स्थानियहरुले वडाध्यक्ष मण्डलले वडामा विनियोजन गरेका विभिन्न योजनाहरुमा समेत नाम मात्रको कार्य गरेर ब्यापक रुपमा आर्थिक हिनामिना तथा भ्रष्टाचार गरेको बताउँछन । वडाध्यक्ष मण्डलले वडामा विनियोजन गरेका विभिन्न योजनाहरुमा आफनो नाता गोता ,आफन्त,छोरा,भतिजा लगायतलाई उपभोक्ता समितिमा राखेर मोटो कमिशन उठाएको नाम नबताउने शर्तमा उपभोक्ता समितिको पदाधिकारीको आरोप छन । सो सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले गाउँ पालिका भित्र ६ वटै वडामा भएको विकाश निर्माण लगायतको योजनामा आम जनताको तर्फबाट आएको गुनासो तथा आरोपको वारैमा आन्तरिक रुपमा अनुसंधान, अनुगमण तथा छानविन गरिने बताउनुभयो । यता साे सम्बन्धमा वडाअध्यक्ष मण्डलले अाफुले विविध खर्च वापतकाे रकम खर्च गरेको स्विकारेका छन ।
प्रकाशित मिति: २०२३-०९-१७ , समय : १८:५०:१४ , १ वर्ष अगाडि