ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्युु

मिति: २०२३-०९-१७ , समय : १५:१६:०५ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

ब्राजिल ।
ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्युु भएको छ ।

ब्राजिलको अमेजोन राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दूरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सानो आकारको विमानमा चालक दलका दुई सदस्य र १२ जना यात्रु थिए । खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान छ । तर, यकिन कारण खुलिसकेको छैन, अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ । एजेन्सी

प्रकाशित मिति: २०२३-०९-१७ , समय : १५:१६:०५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित